Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेता बानियाँद्वारा टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन

bb-1705235393.jpg

२९ पुस, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आईतबार हेटौंडा १३ मेम्बर टोलामा रहेको टासी छ्योलिङ गुम्बाको नवनिर्मित गुम्बा भवन उदघाटन गरेका छन् । 
सभापति बानियाँले गुम्बाको १५ औं साधारणसभाको अवसरमा नवनिर्मित भवनको उदघाटन गरेका हुन् । २०७२ सालमा आएको भुकम्पबाट पूर्णरुपमा क्षति भएको गुम्बा संघीय सरकार, बागमती प्रदेश सरकार र वडाको सहयोग तथा स्थानीयको श्रमदानबाट हालै निर्माण सम्पन्न भएको हो । 
गुम्बा निर्माणमा १ करोड १७ लाख रुपैयाँ लागेको गुम्बाकी अध्यक्ष लक्ष्मी थिङ्गले जानकारी दिइन् । साधारणसभा तथा गुम्बा भवनको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि बानियाँले बौद्ध गुम्बाबाट प्राप्त हुने ज्ञानले सबैलाई एकताबद्ध बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्ने बताए । 
भुकम्पबाट क्षतविक्षत भएको टासी छ्योलिङ गुम्बा स्थानीय समाजसेवी तथा अग्रजहरुको आग्रहमा आफूले प्रदेश सरकारबाट वजेट विनियोजनमा सहयोग गरेको बताउँदै नेता बानियाँले आगामी दिनमा पनि यसको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्दता पनि व्यक्त गरे । 
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा १३ का वडाअध्यक्ष पेमा लामा, बौद्ध धर्मगुरु निमा छोगेल लामा, गुम्बाका उपाध्यक्ष शंकरबहादुर थिङ्गलगायतले मन्तव्य ब्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार