Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पूर्वराजा ज्ञानेन्द्र माघ ७ गते हेटौँडा आउने

ff-1705496539.jpg

३ माघ, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा आउने भएका छन् । पूर्वराज शाहाको हेटौँडा भ्रमणको बारेमा बुधबार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर र रिपोटर्स क्लब नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले पुर्वराजा शाहले हेटौँडाका विभिन्न धार्मिक स्थलको अवलोकनसहित पुजा–आजा गर्नुका साथै शुभेच्छुक र समर्थकहरुसँग भेट गर्ने जानकारी दिए । नेता सिंहका अनुसार पूर्वराजा ज्ञानेन्द्रले हेटौँडाको चुरियामाई मन्दिर, हेटौँडा–१० मा रहेको भुटनदेवी मन्दिर र हेटौँडा–१३ पदमपोखरीमा रहेको ज्याङछुपलिङ पोतला गुम्बाको अवलोकनसहित पुजाआज गर्ने कार्यक्रम रहेको छ । 
यस्तै पूर्वराजा शाहले पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण गर्ने र हेटौँडा ५ मा रहेको हेटौँडा रिसोर्टमा मकवानपुरका उद्योगी, व्यवसायी, शुभेच्छुक तथा पत्रकारहरुसँग समेत भेटघाट गर्ने जानकारी दिए । 
पूर्वराजा शाहको हेटौँडामा स्वागतका लागी नेता सिंहको संयोजकत्वमा मूल समारोह समिति तथा उपसमितिहरु पनि गठन गरिएको छ । पूर्वराजा शाहलाई एक हजार १११ जनाले स्वागत गर्ने कार्यक्रम तय भएको नेता सिंहले बताए । 
पत्रकार सम्मेलनमा रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष बलराम पुडासैनी, राप्रपा केन्द्रीय सदस्य रामहरि न्यौपाने, सचिव गुञ्जबहादुर न्यौपाने, बागमती प्रदेश सदस्य ध्रुव प्रसाद सञ्जेल, राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव सरस्वती थिङ्लगायतको उपस्थिति थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार