Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिद्धार्थको बार्षिक उत्सब सम्पन्न, पुडासैनी र प्याकुरेललाई सर्वोत्कृष्ट शिक्षकको सम्मान

Screenshot_20240122_19112-1705930553.jpg

८ माघ,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४८ औँ वर्षिकोत्सव सम्पन्न गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको हो । प्रमुख अतिथि मोक्तानले कार्यक्रममा सम्बोधन गर्दै शैक्षिक सुधारमा विद्यालयले खेलेको भूमिका प्रशंसा गरेकी थिइन्। 

पुरस्कार वितरण तथा समापन कार्यक्रममा संविधानसभा सदस्य अन्नत पौडेल,मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई,पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष रुपेश दुलाल, बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका दिपेन्द्र सुवेदी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल,शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम,राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिषचन्द्र सापकोटा,२ नम्वर वडा सदस्य सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुवेदी, मकवानपुर क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्याय विद्यालय व्यवस्थापन समिति सदस्यहरु लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गत शैक्षिक सत्रमा विद्यालय संचालन भएको मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका   सुप्रीया चौलागाईं र  कविता न्यौपाने सहित विद्यालयकी कर्मचारी सोभा श्रेष्ठलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरी नगद २५ हजार सहित गोकुल वागेश्वरी सर्वोत्कृष्ट शिक्षकबाट संगीता पुडासैनी र उत्कृष्ट शिक्षकमा अम्बिका प्याकुरेल नगद ५ हजार सहित र विद्यालया प्रअ मोहनप्रसाद शर्मालाई प्रशंसापत्र पत्रले सम्मानित गरिएको थियो भने कार्यक्रममा २०७९ सालको एसईई परीक्षा र आधारभूत तहमा ए प्लस अङ्क प्राप्त भएका बिषयका बिषय शिक्षकहरू समेत सम्मान गरिएको थियो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो भने विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो।कार्यक्रममा आयोजक गरिएको शैक्षिक सामग्री प्रदर्शन र खाना महोत्सवमा प्रमुख अतिथी र अतिथिहरूले अवलोकन गरेका थिए।

Screenshot_20240122_19273-1705931121.jpg
Screenshot_20240122_19293-1705931152.jpg
FB_IMG_1705931804606-1705931851.jpg
FB_IMG_1705931826590-1705931874.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार