Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन:हेटौंडामा निर्वाचनको तयारी पुरा

IMG_20240101_142444-1706062421.jpg

सुनिल शिवाकोटी

 १० माघ,हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पुरा भएको छ ।  बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि बिहिबार हुने निर्वाचन प्रक्रिया अन्तर्गत हुने मतदानको तयारी पूरा भएको निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका निमित्त प्रमुख तारा प्रसाद आचार्यले जनाएका छन् । हेटौंडा–४ मा रहेको भुटनदेवी मा वि को प्राविधिक भवनमा हुने मतदान प्रकृयामा प्रदेशसभा सदस्य,प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको आचार्यले जानकारी दिएका छन् । 

मतदान केन्द्र कायम गरिएको मतदान केन्द्रमा अधिकृतसहित १०–१०जना गरी २०जना कर्मचारी खटाइने आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक÷फरक रहने छ । विहान ९ बजेबाट सुरु मतदान  दिउँसो ३ बजे समाप्त हुने,मतदान सकिए लगत्तै मतगणना सुरु गरिने र नतिजा साझँ सम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्री प्रसाद सञ्जेलले बताए । मतदानस्थल र वरपरको सुरक्षा व्यवस्था कडा रहेको मकवानपुरका प्रजिअ सुँर्य प्रसाद कडेँलले बताएका छन् । 

भोली(बिहिबार) हुने राष्ट्रियसभा सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धन नेतृत्व दल कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दर्ता गरेका छन् । यस्तै माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदिबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट एमालेका चारजनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता÷अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माले मनोनयन दर्ता गराएका छन् । बागमती प्रदेशबाट राप्रपाका चारजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राप्रपाका तर्फबाट बागमतीमा अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता÷अल्पसंख्यकबाट भरतमणि भट्ट र  दलितमा पूर्णबहादुर बिश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।

यस्तै नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपालीले मनोनयन दर्ता गरेका छन् । उक्त निर्वाचनमा बागमती प्रदेशसभाका १ सय १० जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३७ प्रमुख÷उपप्रमुख गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन्। प्रदेशसभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार ८३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार ४ हजार ५०३ रहने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार