१३ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिको आयोजनामा शुक्रबार हेटौँडामा पार्टीको ७८ स्थापना दिवस मनाइएको छ ।
नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । उनले राजनीतिमार्फत समाज र राष्ट्रको सेवामा ध्यान दिन आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्री बनौँला, माननीय बनौँला, मेयर बनौँला भनेर हामी राजनीतिमा आएका होइनौं, हामी त जनताको अधिकार दिलाउन राजनीतिमा लागेका हौँ ।’ नेता सिंहले भने–‘७८ औं स्थापना दिवस मनाइरहँदा के कुरामा जोड दिन पर्यो भने राजनीतिलाई सेवाको क्षेत्रको रुपमा स्थापित गराउन ध्यान दिनुपर्छ ।’
नेपाली कांग्रेस पार्टीलाई लोकप्रिय पार्टीको रुपमा आजसम्म स्थापित गर्न आफ्ना पिता गणेशमान र अन्य नेताहरुको भूमिकालाई उनले स्मरणसमेत गरे । पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेर बनेका जनप्रतिनिधिहरुले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
सबैले आफ्नो जिम्मेवारी पूरा गरेमा जनताले चाहेको सुशासनलाई अनुभुत गराउन सक्ने उनको भनाइ थियो । जनताको इच्छा आकांक्षा पूरा गर्न निस्वार्थ भावले काम गर्नुपर्ने नेता सिंहले बताए ।
विगतदेखि नै विभिन्न राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको भन्दै नेता सिंहले २०७२ को संविधान जारी गर्नसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे ।
कांग्रेसकै नेतृत्वमा प्राप्त भएको संविधानको रक्षाको लागि अहिले अन्य दलहरुसँग गठबन्धन गरेर अघि बढिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धनलाई अझै बलियो बनाएर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा केन्द्रीय सदस्य राजन केसी, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्री, कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, बिहीबार मात्रै बागमती प्रदेशमा गठबन्धनबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकाहरु जितजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







