१ फागुन, हेटौंडा। मनहरी गाउँपालिकाका सीमान्तकृत समुदायलाई जलवायुु परिवर्तनको सामना गर्न सशक्तिकरण प्रशिक्षण प्रदान गरिएको छ ।हिमराईट्स मकवानपुरको आयोजना र फ्रेन्ड्स अफ नेपालको सहयोग र मनहरी गाउँपालिकाले समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा १ देखि ९ नम्बर वडामा बसोबास गर्ने करिब ३० जना सीमान्तकृत अगुवाहरुको सहभागिता रहेको थियो । पछिल्लो समय चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन र यसको न्युनिकरणका प्रयासहरुको विषयमा प्रशिक्षण दिईएको हो ।
२ दिने प्रशिक्षण कार्यक्रम पश्चात् मंगलबार संवाद कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित सीमान्तकृत समुदायका प्रतिनिधीहरुले आफ्नो समुदायले भोगेको समस्याहरुको विषयमा गाउँपालिकाका जनप्रतिनिधिसँग संवाद गरेका थिए । संवाद कार्यक्रममा मनहरी गाउँपालिका वडा नं १ बाट सोम लक्ष्मी प्रजा, ३ नं वडाबाट डिलमाया प्रजा, धनमाया प्रजा, तुल बहादुर सुनार , वडा नं ४ का मनिषा प्रजा, वडा नं ६ का गोपीलाल घलान, राम माया प्रजा र वडा नं ९ का सरिता प्रजा लगायतले समस्या राखेका थिए । कार्यक्रममा
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रसाशकीय अधिकृत रमेश सुवेदी, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक राजकुमार श्रेष्ठ, सामाजीक विकास समिति संयोजक अनन्त प्रकाश अर्याल र सामाजीक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उठेका विषयहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी वजेट छुट्याएर प्रभावकारी कार्यक्रमहरु ल्याउने सरोकारवालाहरुको भनाई थियो ।
हिमराईट्स नेपालका केन्द्रिय संस्थापक अध्यक्ष अन्जना शाक्यको सभाध्यक्षतामा सन्चालीत उक्त कार्यक्रमलाई गाउँपालिकाका स्रोत शिक्षक विदुर थापाले सहजिकरण गरेका थिए । कार्यक्रममा हिमराईट्स मकवानपुरका अध्यक्ष कुमारी वाईबा, माईती नेपालका माया लामा लगायतको सहभागीता रहेको थियो ।कार्यक्रमको निर्मल चोङवाङले प्रशिक्षण दिएका थिए ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







