६ फागुन, हेटौंडा । गजल मञ्च मकवानपुरले गजलकार अनिश न्यौपाने ‘भावना’लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान प्रदान गरेको छ ।
शनिबार गजल मञ्चको २११ औं गजल यात्राकाबीच गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित गजल सम्मान प्रदान गरेको हो । गजल विधाको उन्नयन, विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा गजलकार न्यौपानेलाई सम्मान गरिएको हो ।
मञ्चका अध्यक्ष केशव समर्पण, पुरस्कार संस्थापक भोला शिवाकोटी, प्रमुख अतिथि निमेष निखिल, विशिष्ट अतिथि तुलसी घिमिरेलगायतले न्यौपानेलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए । सम्मान पाएसँगै न्यौपानेले कार्यक्रममा आफ्ना तीन वटा गजल प्रस्तुत गरेका थिए ।
मकवानपुरमै अध्ययन र गजल कर्म गरेका न्यौपानेले २०७० मा ‘पढेपछि थाहा पाउँछौं’ गजल संग्रह प्रकाशन गरेका छन् । उनको ‘मनको आँखा’ ८मुक्तक संग्रह पनि प्रकाशनमा छ । शिवाकोटीले आफ्ना बुबाआमा र छोरीको स्मृतिमा स्थापित गजल सम्मान पाउने न्यौपाने पहिलो गजलकार हुन् । मञ्चले अबदेखि हरेक वर्ष गजल सम्मान प्रदान गर्ने मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।
यसैबीच मकवानपुरका माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट हुन सफल बकैया–३ हात्तिसुँडेमा रहेको बुद्ध माविकी कक्षा ९ कि छात्रा मनिका नेगीले मनमाया स्मृति गजल पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा सहभागी १७ जना विद्यार्थीमध्ये नेगी सर्वोत्कृष्ट घोषित भई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत भएकी हुन् ।
गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार हरेक वर्ष माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुबीच गजल प्रतियोगिता गरी सर्वोत्कृष्टलाई प्रदान गर्ने गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट ८ विद्यार्थीलाई कार्यक्रममा गजल वाचनको लागि निम्त्याइएको थियो । साहित्यकार विश्वनाथ सञ्जेल र भवानी तिमल्सिनाले गजल प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
नियमित गजल यात्राअन्तर्गत गजलकारहरु मसान उपासक, पुरुषोत्तम आचार्य, सुवास सजल, किशन पौडेललगायतले गजल वाचन गरेका थिए । मञ्चका अध्यक्ष समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार संस्थापकका तर्फबाट भोला शिवाकोटी, विशिष्ट अतिथि तुलसी घिमिरे, प्रमुख अतिथि सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मन्तव्य व्यक्त गरेका थिए ।
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...












-1782436668.jpg)




