Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तीन प्रदेशमा मनसुनको प्रभाव

water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा ४-५ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ।
देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ र तराईमा आंशिक बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ, तराईमा मौसम मूख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भईरहेको छ।
शनिबार दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तातो लहर हुने सम्भावना छ ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशको केही स्थानमा,  बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार