Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

साधारण सभाका बारेमा मुख्यमन्त्री र मन्त्रीसँग छलफल

a-1709253733.jpg

१८ फागुन, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैतमा हुने २५ औँ साधारण सभाको बारेमा  निर्माण व्यवसायी संघ मकवानपुरले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग भेटघाट तथा छलफल गरेको छ । साधारण सभाको तयारीको बारेमा मुख्यमन्त्री जम्कट्टेलसँग बिहीबार उहाँको निवासमा छलफल गर्दै  साधारण सभाको सफलताका लागि सहयोगका लागि छलफल गरेको हो । 
निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजकत्वमा आगामी चैत्र १६ र १७ गते हुने साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तयभएको छलफलमा जानकारी गराइएको थियो । छलफलमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, पूर्व अध्यक्ष आनन्दराम पराजुलीलगायतको उपस्थिति रहेको थियो । 
यस्तै निर्माण व्यवसायी संघ मकवानपुरले बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरुका प्रतिनिधिहरुसँग साधारण सभाको बारेमा छलफल गरी सहयोगका लागि आग्रह गरेको छ । साधारणसभा प्रतिनिधि र पर्यवेक्षक गरी करिब दुई हजार जनाको सहभागिता रहने जनाइएको छ । 
साधारणसभामा प्रत्येक प्रदेश महासंघहरूबाट अध्यक्षसहित १५ जना, ५० सम्म सदस्य भएको जिल्ला संघले तीन जना र सोभन्दा माथि हरेक ५० सदस्य बराबर थप एक जना साधारण सभा प्रतिनिधि तोकी एक जनालाई अनिवार्य मुख्य प्रतिनिधि हुने गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ । 
यसैगरी पाँच वा सोभन्दा बढी साधारण सभा प्रतिनिधि पठाउने जिल्ला संघले प्रतिनिधि हुन योग्यता पुगेका महिलाहरूमध्ये कम्तीमा एक जना महिला प्रतिनिधि अनिवार्य रूपमा पठाउनुपर्ने, एशोसिएट सदस्यहरूबाट एशोसिएट सदस्य समन्वय समितिका संयोजकसहित ३९ र प्रत्येक वस्तुगत संघबाट एक जना साधारण सभा प्रतिनिधि पठाउनुपर्ने जनाइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार