Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशमा नयाँ सरकार बनाउन राप्रपा र साना दल निर्णायक

Screenshot_20240304_17281-1709552599.jpg

२१ फागुन, हेटौंडा । केन्द्रदेखि प्रदेशसम्म नयाँ समिकरण गर्ने गरी माओवादी-एमाले नेतृत्व गठबन्धन भएसंगै यसको प्रभाव बागमती प्रदेश सरकारमा पनि पर्ने देखिएको छ ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा सत्ता समिकरण परिवर्तन हुँदा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिने भएको छ । तर नयाँ गठबन्धनलाई पनि सरकार बनाउन सकस छ । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ तर नयाँ गठबन्धनमा अहिले जोडिएका दलबाट मात्रै त्यो संख्या नपुग्दा सरकार बनाउन सकस देखिएको हो । 
नयाँ गठबन्धनमा रहेको एमालेका २७ र माओवादी केन्द्रका २१ गरि ४८ सांसद छन् । अंकगणित अनुसार नयाँ गठबन्धनले १३ जना सांसद भएको राप्रपालाई साथ लिंदा सहजै बहुमत पुग्छ तर अहिले राप्रपाले सत्ता केन्द्रित चलखेलमा सामेल नहुने जनाएको छ । त्यस्तोमा दोस्रो विकल्पमा नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसदलाई साथ लिएर अघि बढ्नु पर्ने अवस्था छ । तर केन्द्रीय समिकरणमा नरहेका समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीको निर्णय के हुने एकिन छैन ।
केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनले ३७ सांसदसहित सबैभन्दा ठूलो दल भएर पनि बागमती प्रदेशमा कांग्रेसलाई सरकार बनाउन माओवादी-एमाले गठबन्धन जस्तै सकस छ । बागमती प्रदेशमा सरकार बनाउन दुबैतर्फ राप्रपा र साना दल निर्णायक देखिएका छन् । बागमती प्रदेश सरकार पनि गठबन्धन फेरिएसंगै गम्भिर मोडमा पुगेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार