Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरमा यस वर्ष एसईईका लागि २६ परीक्षा केन्द्र,६ हजार १ सय विद्यार्थी सहभागी हुने

IMG_20240320_154422-1710928864.jpg

सुनिल शिवाकोटी 

७ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ६ हजार १ सय ६३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ।

चैत १५ गते बिहीबारबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा नियमित तर्फ प्रविधीक धार तर्फ बाहेक ५७५० ,प्राविधिक धर तर्फ २६४ गरी ,एक्जाम्टेड तर्फ १४९ गरी कुल ६१६३ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको हो। 

यस बर्ष हुने एसइई परीक्षाका लागी मकवानपुरका १० स्थानीय तहमा ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। त्यसैगरी यस बर्ष मकवानपुरमा सामुदायिक तर्फ १००  र संस्थागत तर्फ ३६ विद्यालय गरी कुल १३६ विद्यालय एसइई परीक्षामा सामेल हुने समन्वय ईकाई प्रमुख दिनानाथ गौतमले प्रष्ट खबरलाई बताएका छन्।

१५ गतेबाट सुरु हुने परीक्षाको तयारी पुरा भइसकेको जनाइएको छ।उत्तर पुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परिक्षा केन्द्र पठाउने काम शुरू गरिसकिएको  गौतमले बताएका छन्। उनले १/२ दिनमा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्यक्रम रहेको बताएका छन्। उनले संघ र प्रदेशबाट प्राप्त हुने उत्तर पुस्तिका र प्रश्नपत्र प्राप्त भइसकेको उल्लेख गरेका छन्। 

यस बर्ष मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत जनता मा वि फापरबारी,बकैया गाउँपालिका अन्तर्गत बुद्ध मावि हात्तीसुडेँ र महेन्द्र मा वि छतिवन, जनकल्याण मा वि पालुङ, महेन्द्र मा वि भिमफेदी, मत्सनारायण मा वि पालुङ,सरस्वती बालबोधीनी मा वि मार्खु, बज्रबाराही मा वि, राष्ट्रिय रोटरी मा वि मनहरी सुनाचुरी, महेन्द्र किरण माध्यमिक विद्यालय ज्यामिरे मनहरी,महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा-३ बसामाडी, निर्मल माध्यमिक विद्यालय बस्तिपुर,वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक माध्यमिक विद्यालय हेटौंडा-४,ज्ञन्दा मा वि हेटौंडा-१०,वाल ज्योती माध्यमिक विद्यालय हेटौंडा-५ पिप्ले, सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा-२, भुटनदेवी मा वि हेटौंडा-४, जि एस निकेतन हेटौंडा-५, सोलिड्यारिटी ईङलिश बोर्डिङ स्कुल हेटौंडा-१०, प्रगती मा वि हेटौंडा-९ ,जनप्रिय मा वि हेटौंडा-१६, अमर मा वि हेटौंडा-१, चन्द्रोदय मा वि हेटौंडा-८ र प्रजा जागृति मा वि राक्सिराङ गरी २६ परीक्षा  केन्द्र निर्धारण गरेको छ। गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मा वि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो। मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार