१० चैत, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर र हेटौंडा क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा शुक्रबार होली मिलन तथा सांस्कृतिक कार्यक्रमको आयोजना भएको छ । हेटौंडा क्याम्पसमा होली मिलन तथा सांस्कृतिक कार्यक्रमको आयोजना भएको हो ।
नेवि संघ हेटौंडा क्याम्पसका इकाई सभापति युवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति वुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि लामाले रंगहरुको पर्व सभ्य भएर भव्य रुपमा मनाउन आग्रह गरे । उनले विद्यार्थीले गर्ने हरेक सकारात्मक गतिविधिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
सभापति लामाले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै होलीले असत्यमाथी सत्यको जितको संकेत गर्ने भएकाले नेविसंघका विद्यार्थी भाईबहिनीहरुलाई यसपर्वले सधै सत्यको पक्षमा लड्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
यस्तै नेवि संघ मकवानपुरका कार्यवाहक सभापति सन्तोष चौलागाईं, होली एकताको प्रतीक भएकाले यस कार्यक्रमले विद्यार्थी र नेवि संघबीच ऐक्यवद्धताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं हेटौंडा क्याम्पस इकाई सभापति विश्वकर्माले नेविसंघले विद्यार्थीहरुको हक अधिकारका लागी सधैं अग्रमोर्चामा रहेर लड्न तयार रहेको दावी गरे । उनले हेटौंडा क्याम्पसमा अध्ययनरत कुनै पनि विद्यार्थीले आर्थिक समस्याकै कारण पढाइ छोड्नुपर्ने अवस्था सिर्जना हुन नदिने पनि बताए ।
कार्यक्रममा काँग्रेम मकवानपुर सह–सचिव इन्दिरा न्यौपाने, नेवि संघ मकवानपुरका पूर्व सभापति राजु खतिवडा, हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, पूर्व क्याम्पस प्रमुख डा.देवचन्द्र मानन्धर, छात्रवृत्ति कोष हेटौंडा क्याम्पसका अध्यक्ष प्रदीप कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













