११ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको रानीखोला राजदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समितिका अध्यक्ष नवराज न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कमला श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य राघवराज तिमल्सिनाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाको बन्दसत्रले उपभोक्ता समितिले सञ्चालन गर्दा खर्च ब्यवस्थापन लगायतका काम गर्न समस्या भएकाले हेटौडा खानेपानी ब्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने निर्णय गरिएको अध्यक्ष न्यौपानेले बताए । उपभोक्ता समिति मार्फत २ सय ७१ धारा वितरण गरिएको छ ।
साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद देवकोटा, राजदेवी दुग्ध सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिना, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, बासको धारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष शिवराज तिमल्सिना, समितिका उपाध्यक्ष कृष्ण प्रसाद नेपाल, सञ्चाकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...