Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने

ff-1711674098.jpg

file photo

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउन लागेका हुन् ।
निर्माण व्यवसायी संघ मकवानपुरको आतिथ्यतामा आज र भोली गरी दुई दिनसम्म महासंघको वार्षिक साधारणसभा हेटौंडामा हुँदै छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री धनबहादुर बुढा पनि सहभागी हुने निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए ।
साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एशोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार आठ सय जना सहभागी हुने अध्यक्ष कँडेलको भनाई छ ।
सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ भने साधारण सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु समेत रहने जानकारी बिहीबार भएको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कँडेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका थिए । उनले राज्यले स्रोत सुनिश्चितता नगरी ठेक्का लगाउँदा समस्या भएको दावी गर्दै राज्यको कमजोरीले निर्माण व्यवसायीले दुःख पाउको आरोप लगाए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार