१७ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिष विस्तार गरेका छन् । उनले एमाले बागमती प्रदेश संसदीय दलका जगन्नाथ थपलियालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नेता थपलियाले आज साँझै मन्त्री पदको सपथ ग्रशण समेत गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई शपथ ग्रहण गराएका हेुन् ।
मुख्यमन्त्री जम्कट्टेलले नेता थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन् । नेता थपलिया दोस्रो पटक प्रदेश सरकारमा सहभागि भएका हुन् । उनी गत २०७९ पुस २६ मा पहिलो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए ।
करिव ४ महिना सरकारमा रहेका उनी राष्ट्रपति निर्वाचनमा सत्ता समिकरण परिवर्तन भएपछि एमाले सरकारबाट अलग भएका थिए । सो समयमा नेता थपलियाको नेतृत्वमा थप ३ मन्त्री सहित एमाले सरकारमा सहभागि भएको थियो । सत्ता समिकरण परिवर्तन पछि चैत १० मा एमालेका मन्त्रीहरुले पदबाट राजिनामा दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका थिए ।
२०७९ चैत १० मा बागमती प्रदेश सरकारबाट बाहिरिएको एमाले १३ महिनापछि पुनः प्रदेश सरकारमा फर्किएको हो । सत्ता समिकरण बदलिए पछि गत फागुन २३ मा सरकारबाट कांग्रेस बाहिरिएपछि एमालेले दोस्रोपटक सरकारमा सहभागी हुने अवसर पाएको हो ।
६ जना मन्त्री फिर्ता बोलाएर कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । कांग्रेसको समर्थन फिर्ता भएसंगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा रहेका मुख्यमन्त्री जम्कट्टेल यहि १९ गते विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
२९ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा...
२९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२९ असार, काठमाडौं। निर्वाचन आयोगका पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको शनिबार साँझ...
२९ असार, हेटौंडा। असार २९ अर्थात् आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती, यस अवसरमा विविध कार्यक्रमको...
२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार...
२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको...
२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका...
२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...
२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको...