१९ चैत, हटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले सोमबार पुनः विश्वासको मत लिएका हुन् ।
प्रदेश सभाको बैठकमा प्रस्तुत भएको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५६ सांसदले मतदान गरेका हुन् । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सोमबारको बैठकमा उपस्थित १०८ सांसदमध्ये ५६ जनाले मतदान गरेका छन् । यसैगरी प्रस्तावको विपक्षमा ३७ जनाले मतदान गरे भने १५ जना सांसद तटस्थ बसेका थिए ।
मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये चार दलका सांसदले विश्वासको मत दिएका छन् । उनलाई विश्वासको मत दिनेमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसद रहेका छन् ।
यसअघि सरकारमा रहेको कांग्रेस विश्वासको विपक्षमा मतदान गरेको छ भने राप्रपा र नेमकिपा तटस्थ बसेका थिए । मुख्यमन्त्री जम्कट्टेलले यसअघि ३ माघ २०७९ र गत १० चैतमा गरी पहिलो र दोस्रोपटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ। बिहिवार साँझ...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास...
२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद्...
२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य...
२९ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका...
२८ जेठ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
१७ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी...
२१ जेठ, हेटौंडा । हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अन्तर्गत बगुवा (बागमती)...
१६ जेठ, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ संचालनमा आएको छ । विगत २४...
१७ जेठ, हेटौंडा। मकवानपुर राक्सिराङमा चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन्। राक्सिराङ गाउँपालिका वडा नम्बर ६...
१८ जेठ, हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेको केही घण्टामै राप्रपा नेता तथा संघिय संसद...
१७ जेठ, हेटाैडा। विश्व वातावरण दिवसकाे पूर्व सन्ध्यामा टाेल विकास संस्थाले टाेल सरसफाइ अभियान सञ्चालन गरेका...
१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले थाहानगरबाट ८० किलो १२० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको...
१९ जेठ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ...