२ बैशाख, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउनेछन् ।
चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूचीमा उल्लेख छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्नेछन् ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची छ ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। आजै राति १२ बजेबाट हिउँदे अधिवेशनको अन्त्य हुँदैछ ।
३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...
३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...
३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...
३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...
२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय...
२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...
२५ फागुन, हेटौंडा । हेटौंडा-१ स्थित राप्ती खोलामा डुबेर हेटौंडा ५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार...
१९ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु...
२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने...
१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ।...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
१९ फागुन, हेटौंडा। हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...