Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू

Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । 
निर्वाचन आचारसंहिताअनुसार मतदान हुने दिन वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ ।
निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ।
निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आज जानकारी गराएको छ।
इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचन हुँदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

थप समाचार