Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन

FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६ मा रहेको शिवम सिमेन्ट उद्योगको अनुगमन गर्न समिति गठन गरिएको छ। 

सिमेन्ट उद्योगको लापरबाहीका कारण हेटौंडा–१६ शिवम् सिमेन्ट क्षेत्रका स्थानीयले बिहीबार बिरोध गरेका थिए । उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लाष्टिक जन्य पदार्थहरु संकलन गरी जलाएको र लामो समयदेखि धुलोका कारण स्थानीय पिडामा परेको भन्दै आन्दोलनमा रहेका स्थानीयको समस्या समाधानका लागि हेटौंडा-१६ का अध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा भएको सर्वपक्षीय बैठकले आउँदो सात दिन भित्र जनताको गुनासाको सम्बोधन हुने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै आवश्यक अनुगमनका लागि समिति गठन गरिएको हो । नियमित अनुमन गर्ने समितिको सहसंयोजकमा हेटौंडा वडा नम्बर १७ का अध्यक्ष उद्धब सत्याल र हेटौंडा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्का सदस्य सचिब रहेको १८ सदस्य समिति गठन गरिएको हो ।

समितिले उद्योगले सिमेन्ट उत्पादनका लागि पेल्ने ढुङ्गाबाट निस्कने धुलो, सञ्चालनका क्रममा आउने ध्वनी नियन्त्रण गर्नुपर्ने र उद्योग परिसरमा बिभिन्न स्थानबाट संकलित प्लाष्टिक जलाए/नजलाएको निरीक्षण गर्दै सुधारको काममा दवाब दिनका लागि समिति गठन गरिएको हो । बैठकका क्रममा स्थानियले बिगत १९ बर्षदेखि उद्योगले फैलाएको प्रदुषणका कारण स्थानीयमा स्वासप्रस्वासको समस्या देखिएको बताएका थिए । उद्योगलाई जिम्मेवार बनाउने काममा स्थानीयको भूमिका महत्वपुर्ण हुने भन्दै हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले समस्या समाधानका लागि जिम्मेवार बन्न उद्योग सञ्चालकलाई आग्रह गरिन् । यता बैठकमा उपप्रमुख राजेश बानियाँले स्थानियलाई खुशी बनाएर काम गर्दा मात्र उद्योगको समस्या हट्दै जाने बताए ।

नगर प्रमुख लामाको अध्यक्षतामा भएको बैठकमा स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिसहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल, शसस्त्र प्रहरी बल १४ गणका  मकवानपुरका प्रमुख  ज्ञानप्रसाद भुर्तेल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, उद्योग संघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघका अध्यक्ष बद्रिप्रसाद शर्मा, शिवम् सिमेन्ट प्रभावित क्षेत्रका स्थानीय टोलबिकास संस्थाका प्रतिनिधी र स्थानियको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार