१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिने बताएकी छिन् । हेटौंडा–८ मा भएको योजना तर्जुमा कार्यक्रममा उनले विकास निर्माणको बजेटलाई कामलाई कम गर्दै अब शैक्षिक गुणस्तर सुधार र नगरबासीको स्वास्थ्यलाई ध्यान दिएर बजेट निर्माण गर्ने बताएकी हुन् ।
पूर्वाधार निर्माणको क्षेत्रमा अति आवश्यकलाई मात्र समेट्ने उल्लेख गर्दै उनले शिक्षा र स्वास्थ्य सुधारका लागि बजेट एवम् नीति कार्यक्रम ल्याउने जानकारी दिइन् । आगामी वर्ष हेटौंडा–८ को सडकलाई व्यवस्थित बनाउन प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने लामाको प्रतिद्धता रहेको थियो ।
नगरको दिगो विकासका लागि योजनाबद्ध काम गर्ने जानकारी दिँदै उनले उपमहानगरको कामलाई सकारात्मक ढंगबाट बुझिदिन नगरबासीलाई आग्रह गरिन् । जनताबाटै आएको सुझाव अनुसार नगरको विकासलाई अघि बढाउने उद्देश्यसहित उपमहानगरपालिकाले ८ नम्बर वडामा योजना तर्जुमा गोष्ठी आयोजना गरेको हो ।
हेटौंडा ८ मा आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरिएको हो । ८ नम्बर वडामा भएको सुझाव संकलनमा स्थानीयले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, ढलसहित दिगो आयआर्जनका काममा महिलाहरुलाई जोड्ने योजना बनाउन सुझाव दिएका थिए ।
हेटांैडा ८ का रमेश थापाले नगरले गौरवको योजनाको रुपमा अघि सारेको चन्द्रोदय मिनी रंगशालाको काम लामो समय देखि अलपत्र पर्दा समस्या भएको विषय उठान गरे । २ करोड रुपैयाँ बजेट बिनियोजन गरेर काम अघि बढाए पनि जगको काम पछि मिनी रंगशालाको काम अघि नबढेको भन्दै उनले ध्यानाकर्षण गराए ।
स्थानीयले उपमहानगरको सडक योजनामा स्ल्याब ढलानको काम धेरै भएको भन्दै पछि समस्या आउने बताए । अहिले राम्रो रहुन्जेल मात्र होइन पछि स्ल्याबको व्यवस्थापन कसरी गर्ने भन्नेबारे सोच्न जरुरी रहेको उनीहरुको भनाई थियो । स्थानीयले निर्माण भएका सडकबीचमा रहेका बिजुलीको पोल व्यवस्थापन जरुरी रहेको औंल्याएका थिए ।
हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य मञ्जु भुर्तेल, वडा सदस्य रिता मग्राती, बाल सञ्जाल वडा संयोजक प्रकृति भण्डारीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्याप, टोल विकास संस्थाका प्रतिनिनि, बाल समूहको सहभागिता थियो ।
उपमहानगरले यसअघि १, ३, ४, ५, ६ र ७ नम्बरमा सुझाव संकलनको काम गरिसकेको सामाजिक विकास महशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले जानकारी दिए ।
४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...
४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...
४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...
४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ । शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...
४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ । भारतको बिहार राज्यको मधुबनी...
४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...
४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...