Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

विद्यार्थीहरुले गरे बृद्धाश्रमलाई सहयोग

11-1516448493.JPG

६ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्ब ५ मा रहेको रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले हेटौँडा २ मा रहेको ओम बृद्धाश्रममा खाद्य सामाग्री सहयोग गरेका छन् ।
विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट मार्फत अध्ययन भ्रमणका लागी नेपाल आएका अमेरिकी विद्यार्थीहरुसँगको सहकार्यमा सहयोग गरेका हुन् । उनीहरुले आश्रममा पुगेर त्यहा आश्रित बृद्धबृदाहरुका लागी फलफुल, विस्कुट, जुस लगाएतका खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।
उक्त अबसरमा विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले विद्यार्थीहरुको तर्फबाट पाँच हजार एक सय रुपैँया आश्रामका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरे ।
कार्यक्रममा विद्यालयका प्राचार्य श्रेष्ठले विद्यार्थीहरुको सामाजिक कार्यप्रतिको रुचिले आफुलाई निकै प्रभावित पारेको बताएका थिए । प्राचार्य श्रेष्ठले विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबका प्रेसिडेन्ट आयुष मिश्र र विनम्र अधिकारी काठमाडौँमा सम्पन्न भएको ग्लोब युथ कन्फ्रेन्समा सहभागी हुने अवसर पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुलाई यस्ता कार्यमा सहभागिताका लागी सहयोग पु¥याउँने प्रतिवद्धता व्यक्त गरे ।
बिद्यार्थीहरुले आज (शनिवार) विहानै विद्यायल परिसरमा क्लबले गरिरहेका कृयाकलापको बारेमा छलफल गरेको सस्टेनेबल क्लबका भाइस प्रेसिडेन्ट सेजल अधिकारीले जानकारी दिइन । कार्यक्रममा ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्टका भाइस पे्रसिडेन्ट ओसी लिभरम्यान, सामाजिक सहजकर्ता रुदिप राजथला, नेपाल कोअर्डीनेटर विबेस मानन्धर, नेपाल प्रतिनिधिहरु आयुष मानन्धर, विपिन पाण्डे, अमेरिकि विद्यार्थीहरु म्याथिल्ड रिस्पोली, मार्कस उल्फ, विद्यालयका शिक्षक मनोज मिश्र र क्लबमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो । पिस क्लबकी भाइस प्रेसिडेन्ट स्विकृती खड्काले भोली आइतबार क्लबले हेटौँडा बजार क्षेत्रमा ट्राफिक नियम बारे सचेतना कार्यक्रम गर्ने जानकारी दिइन ।

1-1516448493.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार