Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विद्यार्थीहरुले गरे बृद्धाश्रमलाई सहयोग

11-1516448493.JPG

६ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्ब ५ मा रहेको रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले हेटौँडा २ मा रहेको ओम बृद्धाश्रममा खाद्य सामाग्री सहयोग गरेका छन् ।
विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट मार्फत अध्ययन भ्रमणका लागी नेपाल आएका अमेरिकी विद्यार्थीहरुसँगको सहकार्यमा सहयोग गरेका हुन् । उनीहरुले आश्रममा पुगेर त्यहा आश्रित बृद्धबृदाहरुका लागी फलफुल, विस्कुट, जुस लगाएतका खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।
उक्त अबसरमा विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले विद्यार्थीहरुको तर्फबाट पाँच हजार एक सय रुपैँया आश्रामका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरे ।
कार्यक्रममा विद्यालयका प्राचार्य श्रेष्ठले विद्यार्थीहरुको सामाजिक कार्यप्रतिको रुचिले आफुलाई निकै प्रभावित पारेको बताएका थिए । प्राचार्य श्रेष्ठले विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबका प्रेसिडेन्ट आयुष मिश्र र विनम्र अधिकारी काठमाडौँमा सम्पन्न भएको ग्लोब युथ कन्फ्रेन्समा सहभागी हुने अवसर पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुलाई यस्ता कार्यमा सहभागिताका लागी सहयोग पु¥याउँने प्रतिवद्धता व्यक्त गरे ।
बिद्यार्थीहरुले आज (शनिवार) विहानै विद्यायल परिसरमा क्लबले गरिरहेका कृयाकलापको बारेमा छलफल गरेको सस्टेनेबल क्लबका भाइस प्रेसिडेन्ट सेजल अधिकारीले जानकारी दिइन । कार्यक्रममा ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्टका भाइस पे्रसिडेन्ट ओसी लिभरम्यान, सामाजिक सहजकर्ता रुदिप राजथला, नेपाल कोअर्डीनेटर विबेस मानन्धर, नेपाल प्रतिनिधिहरु आयुष मानन्धर, विपिन पाण्डे, अमेरिकि विद्यार्थीहरु म्याथिल्ड रिस्पोली, मार्कस उल्फ, विद्यालयका शिक्षक मनोज मिश्र र क्लबमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो । पिस क्लबकी भाइस प्रेसिडेन्ट स्विकृती खड्काले भोली आइतबार क्लबले हेटौँडा बजार क्षेत्रमा ट्राफिक नियम बारे सचेतना कार्यक्रम गर्ने जानकारी दिइन ।

1-1516448493.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार