१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको छ।
महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघकी सचिव सिजृना अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो। साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन,सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।महासंघले १८ औं वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका २ जना पत्रकारहरुलाई नगद रु ५ हजार ५५५ र प्रशंसापत्रसहित सम्मान गरेको छ ।पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार-२०८० बाट नवराज शर्मा तिमल्सिना र न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार-२०८० बाट राजधानी दैनिककी पत्रकार सरिता दाहाललाई पुरस्कृत गरिएको हो।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य के सी लामिछाने, सुनिल खडका, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट,नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा ,प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास विडारी,प्रेस संगठन मकवानपुर अध्यक्ष अञ्जली थापा,प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी,समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई,स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी,गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा,जिल्ला वार एसोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, वानका उपाध्याय उज्ज्वल चौलागाई ,महासंघका पुर्व अध्यक्ष नवराज शर्मा, निवर्तमान अध्यक्ष हरि हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए।
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...


-1788745767.jpg)















