२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ । स्थानीयको सहजताको लागि निर्माण गर्न लागिएको सिचाईं आयोजनाको आइतबार एक कार्यक्रमकाबीच बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठले शिलान्यास गरेकी हुन् ।
बागमती प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटमा निर्माण सुरु गरिएको आयोजनाबाट मकवानपुरगढी ४ का करिब ३ सय घरधुरी लाभान्वित हुने बताइएको छ । आयोजनाका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरिने डिभिजन सिचाईं कार्यालयले प्रतिबद्धता जनाएको छ ।
आयोजनाको शिलान्यास गर्दै प्रदेश सांसद् श्रेष्ठले काम गर्ने क्रममा गुणस्तरलाई ध्यान दिन अनुरोध गरिन् । आगामी आर्थिक वर्षमा थप बजेटका लागि सम्बन्धित कार्यालयमा पहल गरिने उनको प्रतिबद्धता रहेको थियो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पालिकाले लगानी गर्न नसक्ने योजनामा प्रदेश सरकारको सहकार्यको अपेक्षा व्यक्त गरे ।
फिर्केपाखा सिचाईं आयोजना उपभोक्ता समितिका अध्यक्ष राजाराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता यतिराज सापकोटा, आनन्दराम पराजुली, मकवानपुरगढी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष अर्जुन तिमल्सिना, डिभिजन सिचाईं कार्यालयका ईन्जिनियर रक्षा पोखरेल, समाजसेवी सर्कलाल लो लगायतको आतिथ्यता रहेको थियो ।
उपभोक्ता समिति अध्यक्ष मोक्तानले यस आयोजनाबाट मकवानपुरगढी ४ नम्बर वडाबासी लाभान्वित हुने जानकारी दिँदै आगाी वर्ष विशेष बजेटको व्यवस्था गर्न अनुरोध गरे ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...



-1788745767.jpg)













