Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास

Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ । स्थानीयको सहजताको लागि निर्माण गर्न लागिएको सिचाईं आयोजनाको आइतबार एक कार्यक्रमकाबीच बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठले शिलान्यास गरेकी हुन् । 
बागमती  प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटमा निर्माण सुरु गरिएको आयोजनाबाट मकवानपुरगढी ४ का करिब ३ सय घरधुरी लाभान्वित हुने बताइएको छ । आयोजनाका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरिने डिभिजन सिचाईं कार्यालयले प्रतिबद्धता जनाएको छ । 
आयोजनाको शिलान्यास गर्दै प्रदेश सांसद् श्रेष्ठले काम गर्ने क्रममा गुणस्तरलाई ध्यान दिन अनुरोध गरिन् । आगामी आर्थिक वर्षमा थप बजेटका लागि सम्बन्धित कार्यालयमा पहल गरिने उनको प्रतिबद्धता रहेको थियो । 
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पालिकाले लगानी गर्न नसक्ने योजनामा प्रदेश सरकारको सहकार्यको अपेक्षा व्यक्त गरे । 
फिर्केपाखा सिचाईं आयोजना उपभोक्ता समितिका अध्यक्ष राजाराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता यतिराज सापकोटा, आनन्दराम पराजुली, मकवानपुरगढी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष अर्जुन तिमल्सिना, डिभिजन सिचाईं कार्यालयका ईन्जिनियर रक्षा पोखरेल, समाजसेवी सर्कलाल लो लगायतको आतिथ्यता रहेको थियो । 
उपभोक्ता समिति अध्यक्ष मोक्तानले यस आयोजनाबाट मकवानपुरगढी ४ नम्बर वडाबासी लाभान्वित हुने जानकारी दिँदै आगाी वर्ष विशेष बजेटको व्यवस्था गर्न अनुरोध गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार