२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउँदै नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यका साथ दोस्रो संस्करणको प्रदेश युवा सम्मेलनको आयोजना गर्न लागेको हो ।
३० गतेसम्म सञ्चालन हुने तीनदिने सम्मेलनको तयारी पूरा भएको आयोजकले बताएको छ । युवा परिषद्ले अघिल्लो वर्ष पनि युवा सम्मेलनको आयोजना गरेको थियो । युवा सम्मेलनको तयारी करिब पूरा भएको र सहभागीहरु हेटौंडा आउने क्रम सुरु भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।
१३ जिल्लाका युवाको सहभागितामा हुन लागेको सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, वहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलापको आयोजना हुनेछ ।
युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउँदै नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिँदै कार्यकारी उपाध्यक्ष चौलागाईंले यस वर्षको सम्मेलनलाई सभ्य र भव्य बनाउने गरी तयारी गरिएको बताए । यस वर्ष सम्मेलनमा सहभागी हुन चाहने ५३७ जना युवाले अनलाइनमार्फत आवेदन दिएका थिए ।
आवेदन दिएका मध्ये २०० जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको बताइएको छ । सम्मेलनमा सहभागी हुने २०० जना बागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका युवा छानिएका छन् । युवा सम्मेलन क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सीप विकासमा उपयोगी हुने आयोजकको विश्वास छ ।
युवा सम्मेलनमा विभिन्न विषयमा कार्यशाला तथा प्रश्तुतीकरण हुनेछ । सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिनेछ । युवा सम्मेलन पश्चात ‘युवा सिप वर्ष २०८१’ घोषणा गर्ने तयारी रहेको बताइएको छ । यस वर्ष प्रदेशका ५ हजार युवालाई १० वटा क्षेत्रमा एक सय भन्दा माथिको पेशाका सीप सिकाएर सिप परीक्षण पश्चात टेवा पुँजी प्रदान गर्ने युवा परिषद्को तयारी छ ।
७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...
७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...
७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...
७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...
७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश, लुम्बिनी, ...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...
६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...
६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...
६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...