८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन आधिकारिक र मान्यता प्राप्त नभएको बताएको छ ।
निकै विवादका बीच ५ गते शुक्रबार भएको साधारणसभा एवम् अधिवेशनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको भन्दै एन्फाले ३ दिनपछि विज्ञप्ति निकालेको हो ।
एन्फाका महासचिव धीरेन्द्र प्रधानद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा फुटबल संघ अध्यक्ष राजेन्द्र श्रेष्ठले साधारणसभा गराउन नसकिने अवस्था आएको जानकारी गराए पछि साधारणसभा नगर्नु नगराउनू भनि एन्फाले पठाएको तर सञ्चार माध्यमहरुमा मकवानपुर जिल्ला फुटबल संघको साधारणसभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको भन्ने समाचारले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
एन्फाको निर्देशिका २०७४ बमोजिम एन्फाको निर्वाचन प्रतिनिधिको रोहबरमा भएको निर्वाचनलाई मात्र मान्यता दिने प्रावधान अनुरुप मकवानपुर जिल्ला फुटबल संघको निर्वाचनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको विज्ञप्तिमा उल्लेख छ ।
यस सम्बन्धमा एन्फाले छानबीन समिति गठन गरी सत्यतथ्य पत्ता लगाई यसबारे थप निर्णय गर्ने विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
फुटबल संघको साधारणसभाले टीकाराम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । एन्फाको यो विज्ञप्तिसंगै फुटबल संघमा थप विवाद आउने स्थिती देखिएको छ ।
यता मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिमा रहेको भनिएका पूर्व द्वितीय उपाध्यक्ष अतुल बर्मा र राजकुमार श्रेष्ठले आफूहरु सदस्य पदमा नरहेको जानकारी दिएका छन् ।
५ गते भएको साधारणसभा तथा निर्वाचनबाट कार्यसमिति सदस्य पदमा रहेको भन्ने समाचार आएको भन्दै उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन् । आफनो स्वीकृति विनानै कार्यसमिति सदस्यमा राखिएको भन्दै सहमति नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बर्मा र श्रेष्ठद्धारा हस्ताक्षरीत विज्ञप्तिमा नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिदैँ आफुहरु भने कार्यसमितिमा नरहेको बताएका छन् । साधारणसभाको लागि आयोजकको नाताले उपस्थित भएको तर केन्द्रीय प्रतिनिधि समेत नभएको र एन्फाले साधारणसभा रोक्न पत्र पठाएपछि आफूहरु निस्किएर हिँडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)