Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसको मनहरी र हेटौंडामा अगुवा कार्यकर्ता भेला

Screenshot_20240513_20020-1715609846.jpg

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ ।
कांग्रेस मनहरी गाउँपालिकाको वडा १ को चकरी भोल्टाडी, ३ नम्बरको सिद्धकाली र हेटौंडा उपमहानगरपालिका १९ को सान्नानीटारमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर  बानियाँको उपस्थितिमा अगुवा कार्यकर्ता भेला तथा स्थानीय समस्याको बारेमा छलफल गरिएको हो ।
भेलामा नेता बानियाँले पार्टी  र जनप्रतिनिधिबीचको सम्बन्ध, स्थानीयस्तरमा रहेका विद्यमान समस्या, नगर तथा गाउँपालिकाले बनाउने बजेट, पार्टीको अहिलेको अवस्था बारेमा अगुवा कार्यकर्ता, जनप्रतिनिधि र वडा सभापतिहरुसंग छलफल गरेका थिए ।
प्रदेश सभापति एवं प्रदेशसभा सदस्य बानियाँले जनप्रतिनिधि, पालिका र वडा सभापतिहरुले स्थानीय जनताको आवश्यकता र औचित्यको आधारमा व्यापक छलफल गरेर शिक्षा, स्वास्थ्य र विकास निर्माणलाई प्रमुखताका साथ ध्यान दिएर बजेट निर्माण गर्न निर्देशन दिए ।
नेता बानियाँले विकासका लागि स्थानीय सरकारले गर्न नसकेका कार्यमा पालिका अध्यक्षहरुसंग समन्वय गरेर प्रदेश र संघीय सरकारबाट आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै अगुवा कार्यकर्ता र जनप्रतिनिधिले उठाएका समस्या, जिज्ञासा र पार्टीको आगामी रणनीतिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुर प्रतिनिधि सभा २ (ख) का क्षेत्रीय सभापति रञ्जन कालाखेती, महासमिति सदस्यद्वय राजेश भेटवाल र जनकराज उप्रेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, मनहरी-१ का सभापति मनोहरी उप्रेती, मनहरी-३ का सभापति रमेश पुरी, हेटौंडा-१९ का सभापति विष्णुलाल स्याङतान, नेताहरु सानुकाजी लुईटेल, शिवप्रसाद खनाल, अनन्त अर्याललगायतले धारणा राखेका थिए ।

Screenshot_20240513_20030-1715609895.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार