Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन

IMG-20240402-WA0000-1715649743.jpg

विना विभागीय मन्त्री आले सपथ लिदै गर्दा

सुनिल शिवाकोटी

१ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी विहिन छिन्।बागमती प्रदेशमा एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकी उनलाई एकसाता भित्र जिम्मेवारी दिने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दावी गरेका थिए ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीबिचको गठबन्धन टुटेर एमाले र माओवादीबिच नयाँ गठबन्धन बनेपछि सत्ता टिकाउनका लागी मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीका आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए । विश्वासको मत पाउन संकट भएको अवस्थामा मन्त्री आलेले बार्गेनिङ गर्दै पछि जिम्मेवारी पाउने शर्तमा विना विभागीय मन्त्रकिो शपथ लिएकी थिइन् ।

मुख्यमन्त्री जम्कट्टेलले आफुले २ सिट रहेको हाम्रो नेपाली पार्टीलाई महत्वपूर्ण मन्त्रालय दिएर विश्वासको मत त पाए तर प्रदेशसभामा ७ सिट सहित नेतृत्वमा रहेको नेकपा एसबाट मन्त्री बनेकी आलेले भने ४३ दिनसम्म पनि जिम्मेवारी पाउन सकेकी छैनन् । १२ मन्त्रालय र १३ मन्त्री रहेको बागमती प्रदेशमा दलहरुविच भागवण्डा नमिल्दा मन्त्री आलेले जिम्मेवारी पाउन नसकेको स्पष्ट छ ।

मुख्यमन्त्री जम्कट्टेलले मन्त्री आलेलाई जिम्मेवारी दिने विषयमा सत्ता साझेदार दलहरुविचमा छलफल भइरहेको र एकदुई दिन भित्रै निर्णयमा पुग्ने दावी गरेका छन् । यता यति लामोसमयसम्म जिम्मेवारी नपाएकी मन्त्री आलेले भने मुख्यमन्त्रीले आफुलाई धोका दिएको भन्दै असन्तुष्टि जनाएकी छन् । एकहप्ता भित्र मन्त्रालयको जिम्मेवारी दिन्छु भनेको स्मरण गराउँदै उनले मुख्यमन्त्रीले अहिले आएर विभिन्न बाहना बनाउने गरेको मन्त्री आलेको दावी छ ।

मन्त्री आलेसँगै प्रदेश सरकारमा एकीकृत समाजवादीका थप दुईजना मन्त्री छन् । सत्ता साझेदार दलहरुले भने एकीकृत समाजवादीले आफ्नो एकजना मन्त्रीलाई फिर्ता बोलाएर समस्याको समाधान गर्नुपर्ने बताउछन । यता एकीकृत समाजवादीले भने मन्त्रालयको संख्या १२ बाट ११ बनाए आफ्ना एकजना मन्त्रीलाई फिर्ता बोलाउन सक्ने बताउदै आएको छ । अन्यथा विना विभागीय मन्त्री आलेलाई तत्काल जिम्मेवारी दिनुपर्ने एकीकृत समाजवादीको माग छ ।

प्रदेश सरकारमा अहिले माओवादीका तर्फबाट मुख्यमन्त्रीसहित चार, एमालेका पाँच, एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीले एकजना मन्त्री रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार