Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार

घटनाको महासंघ, युनियन र सेन्टरद्वारा ध्यानाकर्षण

IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का वडाअध्यक्ष दिपक खड्काले गरेको दुव्यवहारको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुर, नेपाल प्रेस युनियन र प्रेस सेन्टर मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ। 

मंगलबार बिहान वडा कार्यालयमा रहेका वडाध्यक्ष खड्काले समाचार संकलनका लागि वडा कार्यालय पुुगेका सौर्य दैनिकका मकवानपुर सम्वाददाता छविलाला श्रेष्ठ (अनित्य) र प्रदेश संचार अनलाइनमा कार्यरत पत्रकार मन्जिता मैनालीमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेको पत्रकार अनित्यले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका थिए। 

पत्रकार अनित्यले वडाध्यक्ष खड्कासंग वडा भित्र रहेका ६ जना चेपाङ बालबालिकालको जन्मदर्तासंग सम्बन्धित विषयको बारेमा बुझ्न खोज्दा  ‘सबै पत्रकार चोर हुन’ भन्दै वडाध्यक्षको कार्यकक्षबाट थुतेर बाहिर निकाल्ने धम्की दिएको बताए ।

'खड्काले गालीगलौज  गर्दा अडियो रेकर्ड गर्न लाग्दा हाम्रो मोबाइल समेत नियन्त्रणमा लिने प्रयास भयो' -पत्रकार अनित्यले भने। 

मकवानपुरको दुईजना पत्रकारलाई समाचार संकलनका क्रममा कार्यकक्षमै गालीगलौज र दुर्व्यवहारका विषयलाई लिएर नेपाल पत्रकार महासंघ मकवानपुरले विज्ञप्ति जारी गरि ध्यानाकर्षण भएको जनाएको छ। महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले पत्रकारलाई गालीगलौज गर्नु निन्दनीय भएको र समाचार संकलनका वातावरण बनाउन सरोकारवाला निकायलाई अनुरोध समेत गरेको छ।

त्यसैगरी घटनाको विषयमा नेपाल प्रेस युनियन मकवानपुर र प्रेस सेन्टर मकवानपुरले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन्। वडाध्यक्ष खड्का नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि निर्वाचित वडाध्यक्ष हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार