४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको प्रतिमाको शुक्रवार अनावरण गरिएको छ ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले एक समारोहका बीच प्रतिमाको अनावरण गरेका हुन्। प्रतिमा अनावरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले वनको उचित ब्यवस्थापन गरि रोजगारी सिर्जना गर्नु पर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा डिभिजन वन प्रमुख राकेश प्रसाद चन्द्रवंशीले वनलाई उत्पादनमा जोड्नु पर्ने बताए । कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका वरिष्ट अधिकृत जयराम पराजुली, वनस्पति विभागमा ज्ञानभक्त महर्जन, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, वन तथा वातावरण मन्त्रालयका विनय मिश्र, वन अधिकृत शम्भु तामाङ, अच्युत प्रसाद उपाध्याय, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत विशाल भट्टराई, सव डिभिजन वन कार्यालय हेटौडाकी प्रमुख सविना रिजाल, फरेष्टर यदुकुमार घिमिरे, समूहका उपाध्यक्ष केशव धिताल, कार्यसमिति, महिला समूह, सञ्चारकर्मी, उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।
डिभिजन वन कार्यालय मकवानपुरको २ लाख ५० हजारको लागतमा सालकको प्रतिमा निर्माण गरिएको कार्यालय सचिव भीमसेन पौडेलले बताए । वन समूहले २०६२ सालदेखि सालक संरक्षण गर्दै आएको छ भने समूहको क्षेत्रभित्र करिव ३ दर्जन सालक रहेका छन्।
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...
२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...
२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...
२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
१२ असार, हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पुर्व पश्चिम...
१२ असार, हेटौंडा। हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...