Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो

Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन नसकेपछि प्रदेश सभामा एउटा समिति थप्ने सहमती भएको थियो । सोही अनुसार शनिवार दिउँसो बसेको बागमती प्रदेश सभाको बैठकले प्रदेशमा प्रदेश विशेषाधिकार समिति गठन गरेको छ । यससँगै बागमती प्रदेश सभामा समितिको संख्या ६ पुगेको छ ।
प्रदेश सभा बैठकमा माओवादी केन्द्रका मुख्यम सचेतक रत्न प्रसाद ढकालले नेपालको संविधानको धारा १९३ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १६७ को उपनियम १ बमोजिम विशेषाधिकार समिति गठन गर्न बैठकमा गरेको प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दा प्रस्ताव गरेका थिए । 
उनको प्रस्तावमा कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका मधुसुदन पौडेल, राप्रपाकाकी कुमारी तामाङ र एकीकृत समाजवादीका कृष्ण प्रसाद शर्मा खनालले समर्थन गरेका थिए । यस्तै प्रदेश सभाका सभामुख भुवन पाठकले विशेषाधिकार समितिको सदस्यहरुमा कृष्ण प्रसाद शर्मा खनाल, कृष्ण प्रसाद सिलवाल, विरबहादुर तामाङ, गोविन्द लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, बिन्दु श्रेष्ठ, मायादेवी शर्मा, रत्नप्रसाद ढकाल, राजु विष्ट, रामकृष्ण चित्रकार, सुश्पा भुजेल न्यौपाने, सरिता खड्गी, सुना परियार, सुरेन्द्रराज गोसाईँको नाम प्रस्ताव गरेकोमा बैठकले सर्वसम्मत अनुमोदन गरको थियो ।
यसैगरी बैठकमा सभामुख पाठकले प्रदेश सभा नियमावली २०७४ को नियम १५० बमोजिम प्रदेश मामिला समितिमा रहेका आनन्द श्रेष्ठ र उद्योग पर्यटन तथा वातावरण समितिमा रहेका प्रेमभक्त महर्जनलाई हेरफेर गर्न गरेको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । यससँगै शनिवारको प्रदेश सभा बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

थप समाचार