११ जेठ, हेटौंडा । नेपाली कांग्रेसले आगामी जेठ १३ गते काठमाण्डौंमा गर्ने विरोध प्रर्दशनका लागि कांग्रेस बागमती प्रदेशले तयारी बैठक गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुरुप कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय बालकुमारी काठमाडौंमा शुक्रबार बसेको बैठकले लाखौं जनता सम्मिलित सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानविन समिति गठन गरी तत्काल छानबिनको माग गर्दै कांग्रेसले आईतबार गर्ने विरोध प्रदर्शन तयारीका लागि बैठक गरेको हो ।
काठमाडौंको प्रदर्शनलाई प्रभावकारी बनाउन उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका १५ वटै निर्वाचन क्षेत्रका पार्टीको संरचना, भातृ तथा शुभेच्छुक संघसंस्थालाई परिचालन र व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।
बैठकपछि बोल्दै कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसदभित्र सत्तापक्षका नेताहरुको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको बिरुद्ध रहेको बताउँदै सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफू मातहतका निकायलाई प्रभावमा पारेर आफूमाथि भइरहेको अनुसन्धान रोक्दै प्रमाण नष्ट गर्न लागिपरेकाले कांग्रेसले तत्काल संसदीय छानबिनको माग गरेको बताए ।
बैठकले सहकारी अपचलनको विषयमा प्रमाणसहित आउँदा पनि छानविन गर्न नखोजी जर्वजस्ती ढंगबाट सत्तापक्ष लागेकोमा कांग्रेस बागमती प्रदेशले निन्दा र आपत्ती व्यक्त गरेको छ ।
२८ पुस, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ...
२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।...
२८ पुस, हेटौंडा । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन्...
२८ पुस, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको...
२८ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आज हाजिर...
२८ पुस, हेटौंडा । मलद्वारमा सुन लुकाएर ल्याउने तीन जनालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
२८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...
२७ पुस, हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी...
२० पुस, हेटौंडा। हेटौंडा १२ र १३ को सिमानामा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार शनिबार...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
२३ पुस, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा केही समय अघि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१९ पुस, हेटौंडा । हेटौंडा-२ मकवानपुर बहुमुखी क्याम्पस अगाडि शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा २ जना...
२३ पुस, हेटौंडा । आज विहान गएको भुकम्पको केन्द्रबिन्दु चीनमा रहेको छ । चीनको सिगात्सेबाट २३ किलोमिटर पर...
१८ पुस, हेटौंडा । हेटौंडा धरान-चतरा सडक अन्तरगत हेटौंडा-६ हात्तिलेटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका...
१८ पुस, हेटौंडा । अन्तर-पुस्ता महिलावादी मञ्चको अनुपम अभियान अन्तरगत बिहीबार हेटौंडा-६ चुच्चेखोलामा सचेतना...