Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जुरीखेत कार दुर्घटना:मृतकको संख्या ३ पुग्यो(अपडेट)

For-representation-only-1716993453.jpg

१६ जेठ, हेटौंडा। भैसे हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको भिमफेदी- कुलेखानी सडकमा बुधबार अपरान्ह भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। 

बुधबार अपरान्ह भीमफेदी ६ जुरीखेत  काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा ५ जना घाइते भएका थिए। घाइते ५ मध्ये एक शिशु र एक पुरुषको उपचारको क्रममा हेटौंडामा ज्यान गएको थियो भने थप एक जना पुरूषको उपचारको क्रममा ज्यान गएको जनाइएको छ। 

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटना ज्यान गुमाउनेमा३/४ महिनाकी शिशु दुइ पुरुष रहेका छन्। जसमध्ये मृतक १ जना पुरुष मकवानपुरको मनहरी ८ का २६ वर्षीय अर्जुन नेपाली रहेको र शिशु उनकै छोरी रहेको जनाइएको छ। 

अन्य घाइते २ महिलाको  हेटौडा १ स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घाईते र मृतको १ जनाको  पहिचान र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक महिला सुत्केरी रहेको बुझिएको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय भिमफेदीको टोलीले घाईतेको उद्धारगरी उपचारका लागि हेटौंडा पठाएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार