२० जेठ, हेटौंडा । मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी छुट्टै सञ्चालन गर्नुपर्नेमा एक मत भएका छन् । शनिवार हेटौँडामा भएको भेलाले यस्तो निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।
बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने गरी गाभ्ने निर्णय गरेसँगै त्यसको विरुद्धमा रहेका मकवानपुरको क्रियाशील राजनीतिक दलले हेटौँडा अस्पताललाई छुट्टै राख्न माग गरेका हुन् ।
हेटौँडामा शनिबार भएको राजनीतिक दलको भेलाले जिल्लाको गौरवको रुपमा रहेको हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराख्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो । राजनीतिक दलहरुको भेलाले हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने गरी बनाएको ऐन संशोधन गरी हेटौँडा अस्पतालमा नगाभ्न माग गर्ने निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता चौलागाईंले बताए ।
भेलाले हेटौँडा अस्पताललाई छुुट्टै सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानका लागि आवश्यक अस्पताल छुट्टै स्थापना गर्नुपर्ने र प्रतिष्ठानलाई उद्देश्य अनुसार प्रभावकारी रुपमा सञ्चालन गर्न माग गर्ने निर्णय गरेको उनको भनाई छ । भेलामा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, उपप्रमुख सानुकाजी लुइटेल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा (माओवादी केन्द्र)का वीरबहादुर घलान, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग राख्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा राप्रपाकी गीता सापकोटा, नेकपा मकवानपुरका जिल्ला इञ्चार्ज राम सी, जनता समाजवादी नेपाल मकवानपुरका अध्यक्ष सोम घलान, नेपाल समाजवादी पार्टी मकवानपुरका अध्यक्ष राजकुमार भेटवाललगायतको सहभागिता रहेको थियो । यसअघि कांग्रेस मकवानपुरले कांग्रेसबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यसँग छलफल कार्यक्रमको आयोजना गरी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय गलत भएको भन्दै ध्यानाकर्षण गराएको थियो ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

















