२० जेठ, हेटौंडा। नेकपा एमाले मकवानपुरको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा उक्त उम्मेदवारी परेको हो।शनिबार साँझ एमाले जिल्ला निर्वाचन कमिटीले जारी गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ५ जनाले अध्यक्ष पदमा उम्मेदवारी परेको हो।अध्यक्ष पदका लागि श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल, इन्द्रमान स्याङतान र रघुनाथ खुलालले उम्मेदवारी परेको हो।
त्यसैगरी उपाध्यक्ष पदका लागि धुर्वप्रसाद चौलागाईं, भरत दुलाल, हिदम लामा, सुनिल मोक्तानले उम्मेदवारी दिएका छन् । सचिवमा सुमित्रा काफ्ले, नरहरी महत, राजन थापा, मदन कुमार दहाल र सिता बिष्टले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी उपसचिव खुल्ला पदमा इन्द्र नेपाल, कृष्णप्रसाद चौलागाईं, दिपक खड्का, फुर्वादोर्जे लामा, खेमराज जर्गा मगर र उपसचीव महिला पदमा कल्पाना बलामी, जुना दहाल, आरती पाठक , पार्वती रानाले उम्मेदवारी दिएका छन् । नेतृत्वका धरै पदमा उम्मेदवारी परेकोले आइतबार बिहानबाट मतदान कार्य सुरु हुने प्रमुख निर्वाचन अधिकृत अर्जुन अर्यालले जानकारी दिएका छन्।
अधिवेशनले पदाधिकारी सहित १ सय ५ सदस्य नयाँ नेतृत्व चयन गर्ने छ । मतदान प्रक्रियामा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना प्रतिनिधि चयन भएका छन्।
८ जेठ, हेटौंडा। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका...
८ जेठ, हेटौंडा । थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको...
८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको...
८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर...
७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह...
७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम...
६ जेठ, हेटौंडा। नेपाल प्रहरीका ११ एसएसपी डिआइजी बढुवाको सिफारिस भएका छन्। गृह मन्त्रालयले मंगलबार ११ जना ...
६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...
६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
३१ बैशाख, हेटौंडा । सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा...
१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" ...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
३१ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–११ मा अरिंगालको आक्रमणबाट आठ जना घाइते भएका छन्। हेटौंडा ११ सहिद...