Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मनकामना दुग्ध उत्पादक सहकारीको दुग्ध प्रशोधन उद्योगको उद्घाटन

df-1717289421.jpg

२० जेठ, हेटौंडा । मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योगको उद्घाटन गरिएको छ । नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्यालले शनिबार एक कार्यक्रमकाबीच उद्योगको उत्पादन गरेका हुन् । 
मनकामना सहकारीले किसानको हितको लागि गरेकोमा उनले खुसी व्यक्त गरे । दूधको गुणस्तर कायम गरी दूधलाई विविधकरण गरेर सहकारीको मर्म अनुसार काम गर्न उनले अनुरोध गरे । संस्थालाई आगामी दिनमा अझ परिस्कृत ढंगबाट सञ्चालन गर्न आफूले सहयोग गर्ने मुख्य सचिव अर्यालको प्रतिबद्धता रहेको थियो । 
कार्यक्रममा बागमती प्रदेशका मुख्य सचिव गोविन्द कार्की, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दार्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन, वडा नम्बर १ का अध्यक्ष आईतसिंह लो, २ का अध्यक्ष बखानसिंह पाख्रिन, ३ का भागवत घिमिरे, ४ का अर्जुनप्रसाद तिमल्सिना, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेसहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो । 
संस्थाले दूध, दही, घिउ, पनिर, मोही, बटर लगायतका दुग्धजन्य पदार्थ उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । कार्यक्रममा संस्थाको हरेक कार्यमा सहयोग गरेकाले रानी सामुदायिक वन उपभोक्ता समूह र मकवानपुरगढी बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सम्मानपत्र प्रदान गरिएको थियो । 
कार्यक्रममा संस्थापक सञ्चालक समिति, पूर्व कर्मचारी, दूध ढुवानी र प्राविधिकलाई समेत सम्मान गरिएको  थियो । यो संस्थाले दैनिक सरदर ५ हजार लिटर दूध संकलन गर्ने गरेको छ भने वार्षिक २० करोड  भन्दा बढीको कारोवार गर्ने गरेको बताइएको छ । 
संस्थाले पशु आहार तथा दैनिक उपभोग्य वस्तु खरिद विक्री समेत गर्दै आएको संस्थाका व्यवस्थापक शशी लम्सालले जानकारी दिइन् । उद्घाटन कार्यक्रम  संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा भएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार