२० जेठ, हेटौंडा । मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योगको उद्घाटन गरिएको छ । नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्यालले शनिबार एक कार्यक्रमकाबीच उद्योगको उत्पादन गरेका हुन् ।
मनकामना सहकारीले किसानको हितको लागि गरेकोमा उनले खुसी व्यक्त गरे । दूधको गुणस्तर कायम गरी दूधलाई विविधकरण गरेर सहकारीको मर्म अनुसार काम गर्न उनले अनुरोध गरे । संस्थालाई आगामी दिनमा अझ परिस्कृत ढंगबाट सञ्चालन गर्न आफूले सहयोग गर्ने मुख्य सचिव अर्यालको प्रतिबद्धता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्य सचिव गोविन्द कार्की, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दार्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन, वडा नम्बर १ का अध्यक्ष आईतसिंह लो, २ का अध्यक्ष बखानसिंह पाख्रिन, ३ का भागवत घिमिरे, ४ का अर्जुनप्रसाद तिमल्सिना, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेसहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो ।
संस्थाले दूध, दही, घिउ, पनिर, मोही, बटर लगायतका दुग्धजन्य पदार्थ उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । कार्यक्रममा संस्थाको हरेक कार्यमा सहयोग गरेकाले रानी सामुदायिक वन उपभोक्ता समूह र मकवानपुरगढी बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थापक सञ्चालक समिति, पूर्व कर्मचारी, दूध ढुवानी र प्राविधिकलाई समेत सम्मान गरिएको थियो । यो संस्थाले दैनिक सरदर ५ हजार लिटर दूध संकलन गर्ने गरेको छ भने वार्षिक २० करोड भन्दा बढीको कारोवार गर्ने गरेको बताइएको छ ।
संस्थाले पशु आहार तथा दैनिक उपभोग्य वस्तु खरिद विक्री समेत गर्दै आएको संस्थाका व्यवस्थापक शशी लम्सालले जानकारी दिइन् । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा भएको हो ।
३० बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौ जाने वैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–कलंकी–हुमाने सडक...
३० बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना...
३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...
३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...
२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...
२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...
२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
२२ बैशाख, हेटौंडा । हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन गरिएको छ। हेटौँडा गार्मेन्ट उद्यमी समूह,...
२१ बैशाख, हेटौंडा। नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
१९ बैशाख, हेटौंडा । हेटौंडा १६ कर्रा खोला पारी फाट्मा खाडलमा डिआइ गाडी जमीन भासिएर धसेको छ। शुक्रबार दिउँसो...
२५ बैशाख, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको हो।...