Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरी गाउँपालिकाले निर्माण गरेको पुल प्रदेश सांसद बानियाँ द्वारा उद्घाटन

FB_IMG_1717860174873-1717860187.jpg

२६ जेठ, हेटौंडा।  मकवानपुरको मनहरी गाउँपालिकामा एकै पटक ३ वटा पक्कि पुलको उद्घाटन् गरिएको छ। गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट करिब १९ करोड रुपैयाँ खर्चिएर निर्माण गरेको तीन वटा पक्की पुल शनिबार बागमती प्रदेश सदस्य तथा पूर्व गृहमन्त्री मन्त्री इन्द्र बहादुर बानियाँले उद्घाटन् गरेका हुन् ।

गाउँपालिकाको लगानीमा लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा पुलको  बानियाँले शनिबार एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

गाउँपालिकाले बनाएको मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, वडा नम्बर ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र वडा नम्बर ३ र ४ जोड्ने अर्को मसिने खोला पुलको उद्घाटन् गरिएको हो।च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिएको, त्यसैगरी २ स्पानको ट्वाङ्ग्रा खोलाको पुल  ६ करोड ४९ लाख ६० हजार रुपैयाँमा निर्माण गरिएको र  यस्तै २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा निर्माण सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष रंन्जन कालाखेतीले बताएका छन् । बानियाँ हिराचन जेभीले निर्माण गरेको तीन वटा पुल २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो 

हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले एकैसाथ ५ वटा पुल निर्माण सुरु गरेको थियो । सो सडकअन्तर्गत सबै पुल निर्माण हुने र सडक पनि स्तरोन्नती हुँदा त्यस क्षेत्रका कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ । 

गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको पुल उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पुल निर्माणसँगै मनहरीका चार वटा वडाका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने बताएका छन्। कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष एकराज उप्रेती, पूर्वउपाध्यक्ष मनिला विष्ट, वडाध्यक्षहरु शिव खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, पूर्व वडाध्यक्ष ध्रुव खड्का, संविधानसभा सदस्य राजाराम स्याङ्तान, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार