१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको सुरुवात गरेका छन् ।
अभियान स्वरूप युवाहरुले शनिबार मनहरी गाउँपालिका–८ स्थित पिस पार्कमा जनप्रतिनिधि सहभागी गराई उक्त अभियानको स्थानीय तहबाटै राज्यस्तरमा पहल गर्न दबाब सिर्जना गरेका हुन् ।
लामो समयदेखि गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका तरूण दल केन्द्रीय सदस्य तथा मकवानपुरका युवा व्यवसायी राजेश भेटवालको अगुवाइमा भएको भेलामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका प्रमुख, वडा अध्यक्ष एवम् गाँजा बोक्दा जेल जीवन बिताइरहेका भरियाका परिवारको सहभागिता रहेको थियो ।
गाँजा बोक्ने भरियारहरु अनाहकमा जेल जीवन बिताइरहेका छन्, राज्यले वैधानिकताको सवाल उठाउने अनि मौन बस्ने गर्दा सोझा जनताहरु समस्यामा परिरहेका छन्। अब वैधानिको रुपमा हामी सबैले सरकारलाई दवाव दिन जरुरी रहेको भेटवालले बताएका छन्। उनले यस कुराको सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्न पछि नहट्ने बताए।
भेलामा मनहरी गाउँपालिकाका प्रमुख रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्ल र कैलाश गाउँपालिका फ्रमुख लोक मोक्तानले स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यत्रम र बजेटमा यस विषयलाई समावेश गर्ने, आफ्नो स्थानीय तहबाट जेल जीवन विताइरहेकाहरु तथ्यांक राख्ने र गाँजाको वैधानिकताका लागि प्रदेश र संघीय सरकारलाई विभिन्न कार्यक्रम गरी दबाब सिर्जना गर्ने प्रतिवद्धता जनाएका थिए । भेलामा वनविज्ञान विद्यार्थी साधना पौडेल र डा. भोला भट्टराईले गाँजा खेती र वैधानिकता विषयमा प्रष्ट्याइएका थिए ।
९ असार, डुम्रे। पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।शनिबार राति देखि परेको वर्षाका कारण पहिरो...
९ असार, हेटौंडा । भक्तपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भक्तपुर–१ घलातेमा सल्लाघारीबाट...
९ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर-८’ चरणको खेलमा भारतले बंगलादेशलाई...
९ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा...
८ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार...
८ असार, हेटौंडा । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय...
८ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उस्थिति हुन...
८ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले...
८ असार, हेटौंडा । हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश...
३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...
२९ जेठ, हेटौंडा। मकवानपुरमा आगलागीबाट गाउँपालिका अध्यक्षको घर जलेर नष्ट भएको छ। मंगलबार बिहान मकवानपुरगढी-३...
७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र...
२ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर १९ दारीमटार भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको...
२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...
२८ जेठ, कमलामाई। सिन्धुलीमा गस्तीमा रहेको प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ प्रहरीको ज्यान...
२ जेठ, हेटौंडा। विरगंजबाट बस चढेर हेटौंडा आउदै गरेका एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो विरगंजबाट हेटौंडा...
३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक...
३१ जेठ, हेटौंडा। नेपाल प्रहरीका ३ प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले...