Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

हेटौंडाको आगामी आर्थिक वर्षको बजेट २ अर्ब ४३ करोड ८० लाख

Screenshot_20240616_21381-1718553290.jpg

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख राजेश बानियाँ

सुनिल शिवाकोटी 

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आगामी आगामी आर्थिक वर्ष २०८१।८२ का लागि  दुई अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । आइतबार बसेको १५औँ नगरसभाले उक्त बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको हो। 

नगरसभामा उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा रु  ४६ करोड ७२ लाख २० हजार रुपैयाँ  बजेट प्रस्तुत गरेका थिए। जुन बजेट आर्थिक वर्ष २०८०।८१ भन्द२ १६ दशमलव ०७ प्रतिशत कम हो।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट रु. एक अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट रु. ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट रु. ११ करोड १७ लाख रुपैयाँ रहेको छ। त्यसैगरी उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ रु. ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ रु. सात करोड ५६ लाख, सामाजिक विकासतर्फ रु. ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु. तीन करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि रु. ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु. दुई करोड ५१ लाख विनियोजन गरिएको समेत बानियाँ जानकारी दिए । 

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु. १७ करोड, खानेपानीको महसुल भुक्तानीका लागि रु. दुई करोड आठ लाख, नागस्वती फुटबल रङ्गशाला निर्माणका लागि रु एक करोड ७२ लाख, हेटौँडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि रु दुई करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यसैगरी उपप्रमुख बानियाँले प्रस्तुत गरेको बजेट तथा नगर प्रमुख मिनाकुमारी लामाले  आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमसमेत सर्वसम्मत रूपमा पारित भएको छ। स्थानीय तहले नीति तथा कार्यक्रम असार १० भित्र ल्याउनु पर्न संवैधानिक व्यवस्था रहेको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
कांग्रेस–एमाले गठबन्धन चरम अवसरबादः खतिवडा
Khatiwada-1719908941.jpg

१८ असार, काठमाडौं । नेकपा एकिकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपाली कांग्रेस र नेकपा...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई पछिल्लो घटना क्रमबारे जानकारी
President_PM_Meeting-1719908132.jpg

१८ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो घटनाक्रमबारे...

राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने
RSP-1719906933.jpg

१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने भएको छ । सिंहदरबारमा बसेको पार्टी सचिवालय...

प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वासको मत लिने
Puspakamal-1719906693.png

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी...

सुनको मूल्य बढ्यो
Gold1-1719905907.jpg

१८ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । छापावाल सुन...

टिपरको ठक्करबाट एक महिलाको मृत्यु
1641714866-1719885841.jpg

१८ असार, हेटौंडा । मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारी-६ गोपालचौककी सीता बोहोरा...

गृहमन्त्री लामिछाने विरुद्ध परेको रिटको सुनुवाइ आज
download-2-1719884403.jpg

१८ असार, हेटौंडा। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन...

नयाँ सरकार गठन गर्नेबारे कांग्रेस र एमालेबिच सहमति
deuba-oli-1719883099.jpg

१८ असार, हेटौंडा । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार...

धेरै स्थानहरूमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719882650.jpg

१८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश,...

थप समाचार