६ असार, हेटौंडा । प्रदेशसभाबाट पदमुक्त गण्डकीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले सर्वोेच्चमा रिट दायर गरेका छन् ।
नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त भएका देवकोटाले बिहिबार रिट दायर गरेका हुन् । रिटमा कारबाही असंवैधानिक भएकाले खारेजी र आफ्नो पुर्नवहाली को माग गरिएको छ । रिटको पेशी आइतबारका लागि तोकिएको छ ।
माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क) बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) पार्टीबाट आफु चुनाव लडेकाले माओवादीले कारबाही गर्न नमिल्ने उनको दावी छ ।
माओवादी केन्द्रले आफ्ना सांसदलाई ह्विप लगाएकोमा जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । मुख्यमन्त्री पाण्डेको पक्षमा मत दिएपछि माओवादीले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेकोमा स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै माओवादीले दल त्याग गरेको सूचनासहित कारबाहीको पत्र जेठ ३२ मा संसद सचिवालयमा पठाएको थियो ।
प्रदेश सभाको बैठकमा सभामुख कृष्णप्रसाद धितालले माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ अन्तर्गत दल त्याग सूचना प्राप्त भएको जानकारी गराएसँगै उनी पदमुक्त भएका थिए ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















