सुनिल शिवाकोटी
७ असार, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट ठुलो मात्रामा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल नेतृत्व टोलीले बिहीबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा – ११ थानाभर्याङबाट दुई करोड ७१ लाख मुल्यको ५८ कार्टुन विद्युतीय चुरोट भेप तथा भेपको फ्लेवरहरू सहित ५ जना पक्राउ गरिएको जनाएको छ। यस बारेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि यस बारे जानकारी गराएको हो।
प्रहरीले काठमाण्डौबाट हेटौडा हुँदै भारतको दिल्ली तर्फ जानको लागि आउदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसलाई चेकजाँचका क्रममा सुटको माथिल्लो सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र अबैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको दुई करोड ७१ लाख २१ हजार ७ सय असि रुपैया मुल्य बराबरको अबैध भन्सार छलि चोरी पैठारी गरी ल्याएको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिएका छन्।
सामान सहित बस चालक दोलखा भिमेश्वर २ का ३७ वर्षको सलाम मोक्तान, सह चालक उदयपुर कटारी नगरपालिका वडा नम्बर – ११ बस्ने २७ वर्षको प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नंबर ७ बस्ने ३९ वर्षको ईन्द्र बहादुर दर्जी, सोही ठाउँका ३० वर्षिय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा नंबर १६ बस्ने २९ वर्षिय राज कुमार हिमाङलाई पक्राउ गरिएको जनाइएको छ । पत्रकार सम्मेलन मार्फत प्रहरीले पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ। पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















