Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

हेटौंडामा ठुलो परिणाममा विद्युतीय चुरोट (भेप) सहित ५ पक्राउ

FB_IMG_1718962710171-1718962849.jpg

सुनिल शिवाकोटी 

७ असार, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट ठुलो मात्रामा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल नेतृत्व टोलीले बिहीबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा – ११ थानाभर्याङबाट दुई करोड ७१ लाख मुल्यको ५८ कार्टुन विद्युतीय चुरोट भेप तथा भेपको फ्लेवरहरू सहित ५ जना पक्राउ गरिएको जनाएको छ। यस बारेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि यस बारे जानकारी गराएको हो। 

प्रहरीले काठमाण्डौबाट हेटौडा हुँदै भारतको दिल्ली तर्फ जानको लागि आउदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसलाई चेकजाँचका क्रममा सुटको  माथिल्लो  सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र अबैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको दुई करोड ७१ लाख २१ हजार ७ सय असि रुपैया मुल्य बराबरको अबैध भन्सार छलि चोरी पैठारी गरी ल्याएको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिएका छन्। 

सामान सहित  बस चालक दोलखा भिमेश्वर  २ का ३७ वर्षको सलाम मोक्तान, सह चालक उदयपुर कटारी नगरपालिका वडा नम्बर – ११ बस्ने २७ वर्षको प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नंबर ७ बस्ने ३९ वर्षको ईन्द्र बहादुर दर्जी, सोही ठाउँका ३० वर्षिय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा नंबर १६ बस्ने २९ वर्षिय राज कुमार हिमाङलाई पक्राउ गरिएको जनाइएको छ । पत्रकार सम्मेलन मार्फत प्रहरीले पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ। पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP1-1742195876.jpg

४ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आउँदो साता केन्द्रीय...

सुनको मूल्य स्थिर
Gold-1742195327.jpg

४ चैत, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा...

अछाममा चट्याङ लागेर २ युवती घाइते, ५ बाख्रा मरे
Screenshot_20240412_11240-1742193755.jpg

४ चैत, मंगलसेन। अछाममा चट्याङ पर्दा २ जना युवती घाइते भएका छन् भने ५ वटा चौपाय(बाख्रा) मरेका छन्।  आइतबार साँझ...

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ घाइते
IMG-20250317-WA0000-1742182700.jpg

४ चैत, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुदा  चार जना घाइते भएका छन्...

प्रचण्डको फोटोमा आगो लगाउने बम रिहा भए
FB_IMG_1742138748896_edit-1742139172.jpg

३ चैत, हेटौंडा । हेटौंडामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा...

हेटौंडामा प्रचण्डको फोटोमा आगो लगाउने एकजना पक्राउ
IMG-f8535160d8750f46f4bd1-1742113945.jpg

३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

आइतबार सुनचाँदीको मूल्य घट्यो
gold-1742113518.png

३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...

प्रतिनिधिसभा बैठक आज बस्दै
1641373260_1615078427_san-1742087830.jpg

३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
raprapa-1742087241.png

३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...

थप समाचार