Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिद्धार्थ माविमा निर्वाचन प्रक्रियाबाट विद्यालय र सदन क्याप्टेनको नेतृत्व चयन

Screenshot_20240621_16282-1718966627.jpg

७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयनकालागि  निर्वाचन भएको छ । विद्यार्थीलाई मतदाता शिक्षा र प्रयोगात्मक अभ्यासका लागि शुक्रबार विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको चयन  निर्वाचन प्रणालीबाट गरिएको हो। 

शुक्रबार सम्पन्न निर्वाचनमा विद्यालय क्याप्टेनमा ३६५  मतसहित  युवराज पण्डित निर्वाचित भएका छन् ३५८  मतसहित सुमान राय विद्यालय सह-क्याप्टेनमा निर्वाचित भएका छन्।त्यसैगरी सम्पन्न निर्वाचन मार्फतमा ६ वटा सदनमा  क्याप्टेन र सह-क्याप्टेन गरी १२ जना  निर्वाचित भएका छन्। 

सदनगत क्याप्टेनमा निलो सदनमा ८९ मतसहित कृष्ण यादव सह - क्याप्टेनमा ७१ मत सहित सुबोध साह निर्वाचित भएका छन्।हरियो  सदनमा ९०  मतसहित उन्नती अर्याल  सह - क्याप्टेनमा ६७ मत सहित सन्ध्या सापकोटा निर्वाचित भएका छन्। 

यता सुन्तला  सदनमा ५६ मतसहित निखिल सिंह सदन क्याप्टेन र ६० मत सहित दिपा न्यौपाने सह-क्याप्टेनमा विजयी भएका छन्। पहेँलो सदनमा ६३ मतसहित  सदन क्याप्टेनमा निर्मला सिर्मल र सह-क्याप्टेनमा ७७ मत सहित सफलता लामा विजयी भएकी छिन्।

त्यसैगरी प्याजी सदनमा ८७ मत सहित क्याप्टेनमा कन्हैया कुमार यादव र ८५ मत सहित सह - क्याप्टेनमा स्त्रोत लामिछाने निर्वाचित भएका छन्। यता रातो सदनको क्याप्टेनको नेतृत्व उज्वल पटेललो गरेको छन्। पटेललो ७८ मत प्राप्त गरेको थिए। त्यसैगरी रातो सदनको सह-क्याप्टेनमा अनुज पौडेल विजयी भएका छन्। पौडेलले सर्वाधिक ९५ मत प्राप्त गरेका थिए। आम निर्वाचनकै झल्को दिने गरी प्रदेश निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाले मतपेटिका, छेकाबार, लगायतको सामग्री सहयोग गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले बताएका छन्।

कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई मताधिकार र ६ देखि कक्षा १० सम्मका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको थियो ।  कक्षा ६ देखि कक्षा १० सम्मका अङ्ग्रेजी र नेपाली माध्यममा अध्ययनरत ६ सय ७० जना विद्यार्थीले  मतदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडाले बताएका छन्। विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्ण मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचनमा सदनगत मतदान गरिएको थियो । मतदाता प्रकृयाका लागि विद्यालयले अघिल्लो साता कार्य तालिका सार्वजनिक गरिएको सहायक प्रअ तथा सहायक मतदान अधिकृत खेमराज लामिछानेले जानकारी दिएका छन्।सदन संयाेजक तथा सदस्यलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो भने स्काउटका सदस्यलाई म्यादी प्रहरीको जिम्मेवारी दिइएको थियो भने विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, पत्रकार, मताहतका कार्यालय प्रमुख र अभिभावकलाई पर्यवेक्षक बनाइएको थियो। विजयी उम्मेदवारको प्रमाणपत्र वितरण र सपथ ग्रहण आइतबार गरिने सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले जानकारी दिएका छन्।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेले विद्यालय आयोजना गरिएको कार्यक्रमले मतदान प्रक्रियाको बारेमा जानकारी दिएको र विद्यार्थी नेतृत्व विद्यार्थी स्वयम्ले गर्न पाउनु लोकतान्त्रिक अभ्यास भएको बताएका छन्।  निर्वाचनको शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अनुगमन गरेका थिए ।

 

 

Screenshot_20240621_16352-1718967079.jpg

मतदानमा नाम रुजु गर्दै मतदान अधिकृत र मतदाता

FB_IMG_1718968060749-1718968083.jpg
FB_IMG_1718968053869-1718968084.jpg
FB_IMG_1718968049031-1718968101.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार