७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयनकालागि निर्वाचन भएको छ । विद्यार्थीलाई मतदाता शिक्षा र प्रयोगात्मक अभ्यासका लागि शुक्रबार विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको चयन निर्वाचन प्रणालीबाट गरिएको हो।
शुक्रबार सम्पन्न निर्वाचनमा विद्यालय क्याप्टेनमा ३६५ मतसहित युवराज पण्डित निर्वाचित भएका छन् ३५८ मतसहित सुमान राय विद्यालय सह-क्याप्टेनमा निर्वाचित भएका छन्।त्यसैगरी सम्पन्न निर्वाचन मार्फतमा ६ वटा सदनमा क्याप्टेन र सह-क्याप्टेन गरी १२ जना निर्वाचित भएका छन्।
सदनगत क्याप्टेनमा निलो सदनमा ८९ मतसहित कृष्ण यादव सह - क्याप्टेनमा ७१ मत सहित सुबोध साह निर्वाचित भएका छन्।हरियो सदनमा ९० मतसहित उन्नती अर्याल सह - क्याप्टेनमा ६७ मत सहित सन्ध्या सापकोटा निर्वाचित भएका छन्।
यता सुन्तला सदनमा ५६ मतसहित निखिल सिंह सदन क्याप्टेन र ६० मत सहित दिपा न्यौपाने सह-क्याप्टेनमा विजयी भएका छन्। पहेँलो सदनमा ६३ मतसहित सदन क्याप्टेनमा निर्मला सिर्मल र सह-क्याप्टेनमा ७७ मत सहित सफलता लामा विजयी भएकी छिन्।
त्यसैगरी प्याजी सदनमा ८७ मत सहित क्याप्टेनमा कन्हैया कुमार यादव र ८५ मत सहित सह - क्याप्टेनमा स्त्रोत लामिछाने निर्वाचित भएका छन्। यता रातो सदनको क्याप्टेनको नेतृत्व उज्वल पटेललो गरेको छन्। पटेललो ७८ मत प्राप्त गरेको थिए। त्यसैगरी रातो सदनको सह-क्याप्टेनमा अनुज पौडेल विजयी भएका छन्। पौडेलले सर्वाधिक ९५ मत प्राप्त गरेका थिए। आम निर्वाचनकै झल्को दिने गरी प्रदेश निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाले मतपेटिका, छेकाबार, लगायतको सामग्री सहयोग गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले बताएका छन्।
कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई मताधिकार र ६ देखि कक्षा १० सम्मका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको थियो । कक्षा ६ देखि कक्षा १० सम्मका अङ्ग्रेजी र नेपाली माध्यममा अध्ययनरत ६ सय ७० जना विद्यार्थीले मतदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडाले बताएका छन्। विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्ण मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचनमा सदनगत मतदान गरिएको थियो । मतदाता प्रकृयाका लागि विद्यालयले अघिल्लो साता कार्य तालिका सार्वजनिक गरिएको सहायक प्रअ तथा सहायक मतदान अधिकृत खेमराज लामिछानेले जानकारी दिएका छन्।सदन संयाेजक तथा सदस्यलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो भने स्काउटका सदस्यलाई म्यादी प्रहरीको जिम्मेवारी दिइएको थियो भने विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, पत्रकार, मताहतका कार्यालय प्रमुख र अभिभावकलाई पर्यवेक्षक बनाइएको थियो। विजयी उम्मेदवारको प्रमाणपत्र वितरण र सपथ ग्रहण आइतबार गरिने सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले जानकारी दिएका छन्।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेले विद्यालय आयोजना गरिएको कार्यक्रमले मतदान प्रक्रियाको बारेमा जानकारी दिएको र विद्यार्थी नेतृत्व विद्यार्थी स्वयम्ले गर्न पाउनु लोकतान्त्रिक अभ्यास भएको बताएका छन्। निर्वाचनको शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अनुगमन गरेका थिए ।
मतदानमा नाम रुजु गर्दै मतदान अधिकृत र मतदाता
७ फागुन, हेटौंडा । आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी...
७ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको...
६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर...
६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले आयाेजना गरेकाे वक्तृत्वकला...
६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न...
६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको...
६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न...
६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको...
६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...
२९ माघ, हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन...