९ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।
अर्थ मन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथैआर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री पुनले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची छ ।
८ जेठ, हेटौंडा। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका...
८ जेठ, हेटौंडा । थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको...
८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको...
८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर...
७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह...
७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम...
६ जेठ, हेटौंडा। नेपाल प्रहरीका ११ एसएसपी डिआइजी बढुवाको सिफारिस भएका छन्। गृह मन्त्रालयले मंगलबार ११ जना ...
६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...
६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
३१ बैशाख, हेटौंडा । सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा...
१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" ...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
३१ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–११ मा अरिंगालको आक्रमणबाट आठ जना घाइते भएका छन्। हेटौंडा ११ सहिद...