११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू संलग्न उद्योगले चौघडामा पत्रकार सम्मेलन गरि उत्पादन शुरू गरेको जानकारी दिएको हो ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाबाट अनुज्ञापत्र प्राप्त गरेसंगै व्यवसायिक ढंगले उत्पादन बजार पठाउने काम अघि बढेको पत्रकार सम्मेलनमा उद्योगकी अध्यक्ष अनुराधा उप्रेतीले जानकारी दिईन् । उनले उद्योगले पहिलो चरणमा दालमोठ र आलुको चिप्स उत्पादन गरिरहेको बताइन् । बजारबाट अहिले राम्रो प्रतिक्रिया पाएकाले बिस्तारै उत्पादनको विविधिकरणलाई समेत अघि बढाउने उनले बताइन् । महिलाहरूलाई व्यवसायिक रूपमा अघि बढ्न हेटौंडा उपमहानगरपालिकाबाट एक लाख रूपैयाँ सहयोग भएको जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका उद्योग, सहकारी तथा रोजगार शाखाका प्रमुख हिम पौडेलले उपमहानगरले नगरमा औद्योगिक प्रोत्साहनमा गरेका क्रियाकलापहरूबारे जानकारी दिएका थिए ।
कार्यक्रममा हेटौंडा-६ का अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य बिजय पौडेल र लेखराज ढकालसहित महिला उद्यमी, सामाजिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियोे ।
बजारको माग अनुसार व्यवसायिक योजना बनाइ स्थानीय सरकारसंगको समन्वयमा महिलाहरूलाई आत्मनिर्भर बनाउन उद्योगले टेवा पुर्याउने लक्ष्य राखेको उद्योगकी कोषाध्यक्ष रूपा सापकोटाले बताइन् ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















