१८ असार, हेटौंडा । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
दुई दलबिच भएको वार्तामा सहभागी कांग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।
सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।
यसै गरी निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको बैठकमा सहभागी नेताले बताए ।
ती नेताका अनुसार संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदामा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने तथा उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने उल्लेख छ । यता प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितलाई मात्रै राख्ने विषय समेटिएको छ ।
यसअघि कांग्रेस र एमाले नेताहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल निवास पुगेको बताइएको छ ।
यसअघि २०७९ पुस १० मा देउवाले संसद्को पहिलो दलको हैसियतमा संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्ने योजना बनाएपछि कांग्रेस र एमालेको सत्ता सहकार्यको प्रयासमा ब्रेक लागेको थियो । कांग्रेस पृष्ठभूमिका राष्ट्रपति पौडेललाई विश्वासमा लिएर ओलीले सरकारबाट समर्थन फिर्ता लिन चाहेको कांग्रेस नेताहरू बताउँछन् । (रातोपाटीबाट)
२० असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने...
२० असार, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न...
२० असार, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर...
२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
२० असार, काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनलाई अशोक राई नेतृत्वको जनता समाजवादी...
२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिएर बाहिरिन बालुवाटार गएका...
२० असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बिहिबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो...
२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १२ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक,...
२० असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता समीकरणको...
७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र...
१८ असार, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत अन्तर्गत हेटौंडा-६ मा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलका सवार...
६ असार, हेटौंडा। थाहा नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।मकवानपुरको उत्तरी क्षेत्रमा रहेको...
११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर दुई जना घाइते भएका...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...
१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...
१९ असार, काठमाडौं। प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल...
१६ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार राति १२ बजेबाट लागु हुनेगरी...