Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढी - ५ सिमलटारमा महायज्ञ उदघाटन

Screenshot_20240809_16444-1723201206.jpg

२५ साउन, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा आजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ ।नाग पञ्चमीको अवसर पारेर  आयोजना गरिएको महायज्ञको मकवानपुर क्षेत्र नम्बर २ का सासंद तथा  सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाले समुद्घाटन गरेका हुन् । 

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेको सभाध्यक्षतामा भएको महायज्ञमा उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि बर्तौलाले  सिङ्गो मकवानपुरगढीलाई पर्यटन र धार्मिक क्षेत्र बनाउने पहल गरिने बताए । 

उदघाटन पुर्व जलेश्वरधाम क्षेत्रबाट जल लिएर सिमलटार, कालिवन धादिङ बजार क्षेत्र परिक्रममा गरि महायज्ञ परिसरसम्म कलशयात्रा गरिएको थियो । करिब २ सय महिला तथा पुरुषहरुले कलश यात्रामा सहभागिता रहेको कलशयात्रा उपसमितिका संयोजक बालकुमारी दुलालले बताइन् । कलश यात्रामा ब्रामण्ड बाजा र राधाकृष्ण खैजेडी समूहले आफ्नो प्रस्तुती दिएका थिए । 

कार्यक्रममा युवा पण्डित कपिलदेव भट्ट, वडा ५ का वडाध्यक्ष दिपेश दहाल, मकवानपुर गाउँपालिकाका निर्वतमान अध्यक्ष विदुर हुमागाई, मूल समारोहका वरिष्ठ उपाध्यक्ष प्रेमनिधि तिमल्सिना लगायतले महायज्ञ सफलता सहितको शुभकामना भनाई राखेका थिए । कार्यक्रममा उपकथा वाचक पण्डित डेगनाथ ढकाल, अग्नि आचार्य गुरु प्रकाश भट्ट, १००८ भागवत संकल्पक पण्डित श्यामसुन्दर आचार्य,  समाजसेवी चन्द्रप्रसाद दुलाल, ईन्द्रबहादुर बस्नेत, सिमलटार टोल विकास संस्थाका अध्यक्ष श्यामप्रसाद लामा, अस्थायी प्रहरी चौकी धादिङका प्रमुख गगेन्द्रप्रसाद कुर्मी लगायत विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । 

हिन्दुधर्मालम्बी र बौद्ध धर्मालम्बीको भगवानहरु महादेव र गौतम बुद्धको पुजाआजा गर्ने स्थान एकै क्षेत्रमा रहोस् भन्ने साझा उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार