३ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडामा व्यवसाय गर्दै राजनैतिक क्षेत्रमा सक्रिय नेता उत्सव इटेनीको दिनचर्या यति बेला घाँस, पराल र चोक्करसंग जोडिएको छ । राजनैतिक भाषणमा युवाले कृषि क्रान्ति गरि देशमै सुन फलाउनुपर्छ भनेर मन्तव्य दिने गरेका इटेनी आफ्नो भाषणलाई व्यवहारमा उतार्दै यतिबेला आफ्नो समय कृषि फार्ममा लगाइरहेका छन् ।
नेपाली कांग्रेस हेटौंडा नगर सभापति समेत रहेका इटेनीले हेटौंडा-१२ आल्दमारमा आफ्नो भाईको नाममा इटेनी एग्रो फार्म प्रालि स्थापना गरेका छन् । २ करोड लगानीमा स्थापना भएको फार्ममा २८ वटा लैनो भैसी, ३ वटा गाई, एउटा राँगो र पाडापाडी गरेर ५५ पशुचौपाया छन् ।
उनले दैनिक ३०० लिटर दुध १ सय १० रुपैयाँको दरले बिक्री गरी मासिक करिब १० लाख रुपैंयाँको कारोबार गर्छन् । ‘५/७ वटा भैंसीबाट शुरु गरेको व्यवसाय अहिले २८ वटा दुहुनो भैंसी, राँगा, पाडापाडि गरेर ५०/६० सम्म पुगेको छ, ५ जनाले रोजगार पाएका छन्, उपभोक्ताले शुद्ध दुध पाएका छन्, हामीले खेतका लागि मल पाएका छौं ’-इटेनीले भने ।
बजारका लागि कुनै समस्या नरहेको बताउने उनले यहाँ उत्पादित भैंसीको दुध फार्ममै लिन पनि आउने गरेका छन् भने स्थानीय सहकारीले खरिद गर्ने गरेको बताए । पशुचौपायाको हेरचाह तथा घाँस कुडो पानीको व्यवस्थापनमा खटिने ५ जना कामदारको पारिश्रमिक र अन्य खर्चसहित मासिक खर्च करिब ५ लाख रूपैयाँ छ । भैंसीलाई आवश्यक पर्ने पराल, चोकर मधेश र साइलेज चितवनबाट ल्याउने गरेको बताए ।
पेट्रोलियम व्यवसायमा लामो समयदेखि सक्रिय इटेनी देशलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउनका लागि सरकारले विदेशिने युवाहरुलाई रोक्न र पशुपालनमा सक्रिय बनाउन स्पष्ट नीति ल्याउनुपर्ने बताए । अहिलेको नीति कृषकमैत्री नरहेको आफुले यो काम थालेपछि बुझेको बताउँदै अब आफुले भेट्ने मन्त्री र सांसदहरूलाई यसबारे अवगत गराउने उनको भनाई छ ।
उनले मेहनतका साथ काम गरेमा सफलता हासिल हुने विश्वास साथ फर्म स्थापना गरेका छन् । आफुलाई चिन्नेहरूले उत्सव धेरै दिन एग्रो फार्ममा टिक्दैन भन्ने गरेको भन्दै उनले आफुले दिर्घकालिन उद्धेश्यसहित फर्मको भौतिक संरचनासहित अन्य व्यवस्थापन गरेको बताए । आफ्नो पुर्ख्यौली जग्गा खेर गइरहेकोमा यसलाई सदुपयोग गरेकोमा घर परिवार र आफन्तबाट सकारात्मक प्रतिक्रिया पाएका उनले बाँझो खेतमा फार्मका लागि आवश्यक घाँस र अन्य बाली लगाउने सोच बनाएका छन् ।
राजनीति कार्यकर्ता भाषणमा मात्रै नभई आर्थिक पक्षमा पनि सबल रहनुपर्ने बताउँदै उनले अनैतिक कामबाट आर्जन गर्नु भन्दा यस्तै व्यवसायबाट आफुलाई आर्थिक उपार्जनको क्रियाकलापमा जोड्नुपर्ने उनको भनाई छ । आफ्नो राजनीतिक यात्रा र अन्य व्यवसायसंगै कृषि कर्मलाई पनि संगसंगै लैजाने इटेनीको लक्ष्य छ ।
राजनीति र पेट्रोलियम व्यवसायसंगै कृषि कर्ममा जोडिदै इटेनी (भिडियो)
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













