Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाली कांग्रेस सामूहिक सुरक्षाको लक्ष्यमा: कांग्रेस प्रवक्ता महत

Screenshot_20240831_21050-1725156467.jpg

१५ भदौ, हेटौँडा। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नेपाली कांग्रेसको लक्ष्य सामूहिक सुरक्षा रहेको उद्घोष गरेका छन्। जय नेपाल फाउण्डेसन मकवानपुरको आयोजना शनिबार हेटौंडामा भएको राजनीतिक नेतृत्वमा  सवक युवा लक्षित आगामी दशक" विषयक विचार गोष्ठी तथा  सम्मान कार्यक्रममा बोल्दै प्रवक्ता महतले यसो बताएका हुन्।

विचार गोष्ठीका प्रमुख अतिथि रहेका  उनले सबै वर्ग, समुदाय, क्षेत्रको सामाजिक सुरक्षा आवश्यक रहेको ठहर गर्दै त्यसको लक्ष्य प्राप्तिका लागि नेपाली कांग्रेस लागि परेको बताएका छन्। बिचार गोष्ठीलाई सम्बोधन गर्दै महतले रहेक देशमा निरासा रहेको र नेपालमा देखिएको युवा पलायनको समस्यालाई समाधान गर्न स्पेशल प्याकेज ल्याउन आवश्यक रहेको बताएको छन्। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि रहेको कांग्रेस बागमती बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले कांग्रेसले शान्ति प्रक्रियालाई सफल बनाएको बताउदै कांग्रेस नेपाली जनताको व्यवस्था मात्र नभई अवस्था समेत परिवर्तन गर्न पछि नपर्ने बताए। उनले जय नेपाल फाउण्डेसन संस्थाले ठगी खाने र मागी खाने कांग्रेसको अन्त्य गरेर गरीखाने कांग्रेस बनाउन सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए।

फाउण्डेसन मकवानपुर संयोजक भूपेन्द्र कोइरालाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेसन केन्द्रीय अध्यक्ष बद्री अर्याल, फाउण्डेसन संस्थापक सदस्य विजुला वर्मा राणा, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौला, खेलकुद विज्ञ दीपेन्द्र ढकाल लगायत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा कांग्रेस मकवानपुरका पुर्व सभापति, कांग्रेस मकवानपुरका सचिव, सहसचिव लगायत जनप्रतिनिधि, कांग्रेस भातृसंगठनका प्रतिनिधि, प्राध्यापक, वृद्धिजिवि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसबाट. निर्वाचित जनप्रतिनिधिलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। साथै कार्यक्रममा २०८० को एसइइ परीक्षामा उत्तीर्ण भएका राक्सिराङका लक्ष्मण प्रजालाई नगद २ हजार सहित सम्मान गरेको छ। सम्मानित सबैलाई प्रमुख अतिथि महत र विशिष्ट अतिथि बानियाँले सम्मान प्रदान गरेको थिए। कार्यक्रमको स्वागत मन्तव्य हेटौंडा ८ का वडाअध्यक्ष राम बहादुर थापा गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार