Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर प्रहरीद्वारा एलिसा न्यौपाने हत्याका आरोपी पैठान पक्राउ

IMG-20240902-WA0002-1725288313.jpg

न्यौपाने हत्या आरोपी पैठान

१७ भदौ, हेटौँडा। भदौ १० गते हेटौंडा १० टिसिएनरोडको रहेको रत्ना होटलमा मृत अवस्थामा फेला परेकी हेटौंडा ११ की एलिसा भन्ने अलिसा न्यौपानेको हत्याको मुख्य आरोपीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

हत्यामा आरोपी हेटौंडा ४ कमलडाँडाका समिर खान भन्ने चाँद खाँ पैठानलाई वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले हेटौंडा ५ लट्टीनाथ एरियाबाट पक्राउ गरेको हो। खानलाई बिशेष सूचनाको आधारमा लुकेर बसेको अवस्थामा सोमबार साँझ नियन्त्रणमा लिइ़एको हो। 

भदौ ९ गते खानसंगै बा ६४ प १३५ नम्बरको स्कुटर चढेर बास बस्न उक्त होटल पुगेकी न्यौपाने भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन्। होटलका सञ्चालकले कोठा नम्बर २०५ मा बसेकी युवती बिहान अबेर नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई टोलिफोन गरेका थिए। टोलिफोनबाट खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल र प्रहरी नायब उपरीक्षक लक्ष्मी  भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेर जनप्रतिनिधिको रोहोबरमा कोठा फोडेर भित्र प्रवेश गरेको थियो। प्रहरीले न्यौपानेको शव रगतले लतपत्तिएको अवस्थामा फेला पारेको थियो।घटना स्थलबाट शुरु भएको मकवानपुर प्रहरीको अनुसन्धानले अन्नत सफल भएको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले  घटनामा संलग्न रहेको आरोपमा निजको आमा ५५ वर्षीय सैरुन खान, निजको श्रीमती २६ वर्षीय रविना खातुन, ससुरा विरगंज ३० का ५६ वर्षीय लालबाबु खाँ पैठान, पैठानका छोरा ३० वर्षीय फैयाज अहमद गरी ४ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोमा सोमबार साँझ घटनाकोमा संलग्न मुख्य व्यक्त पक्राउ गर्न सफल भएको बताएका छन्। 

"हामिले घटनास्थलको सिसिटिभि फुटेज, घटनाको प्रयोग भएको स्कुटरको आधारमा, संलग्न अन्य व्यक्ति र सूक्ष्म अनुसन्धानबाट घटनाका मुख्य  आरोपी पक्राउ गर्न सफल भएका हौ" - डिएसपी भण्डारीले भने। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार