न्यौपाने हत्या आरोपी पैठान
१७ भदौ, हेटौँडा। भदौ १० गते हेटौंडा १० टिसिएनरोडको रहेको रत्ना होटलमा मृत अवस्थामा फेला परेकी हेटौंडा ११ की एलिसा भन्ने अलिसा न्यौपानेको हत्याको मुख्य आरोपीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
हत्यामा आरोपी हेटौंडा ४ कमलडाँडाका समिर खान भन्ने चाँद खाँ पैठानलाई वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले हेटौंडा ५ लट्टीनाथ एरियाबाट पक्राउ गरेको हो। खानलाई बिशेष सूचनाको आधारमा लुकेर बसेको अवस्थामा सोमबार साँझ नियन्त्रणमा लिइ़एको हो।
भदौ ९ गते खानसंगै बा ६४ प १३५ नम्बरको स्कुटर चढेर बास बस्न उक्त होटल पुगेकी न्यौपाने भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन्। होटलका सञ्चालकले कोठा नम्बर २०५ मा बसेकी युवती बिहान अबेर नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई टोलिफोन गरेका थिए। टोलिफोनबाट खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल र प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेर जनप्रतिनिधिको रोहोबरमा कोठा फोडेर भित्र प्रवेश गरेको थियो। प्रहरीले न्यौपानेको शव रगतले लतपत्तिएको अवस्थामा फेला पारेको थियो।घटना स्थलबाट शुरु भएको मकवानपुर प्रहरीको अनुसन्धानले अन्नत सफल भएको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले घटनामा संलग्न रहेको आरोपमा निजको आमा ५५ वर्षीय सैरुन खान, निजको श्रीमती २६ वर्षीय रविना खातुन, ससुरा विरगंज ३० का ५६ वर्षीय लालबाबु खाँ पैठान, पैठानका छोरा ३० वर्षीय फैयाज अहमद गरी ४ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोमा सोमबार साँझ घटनाकोमा संलग्न मुख्य व्यक्त पक्राउ गर्न सफल भएको बताएका छन्।
"हामिले घटनास्थलको सिसिटिभि फुटेज, घटनाको प्रयोग भएको स्कुटरको आधारमा, संलग्न अन्य व्यक्ति र सूक्ष्म अनुसन्धानबाट घटनाका मुख्य आरोपी पक्राउ गर्न सफल भएका हौ" - डिएसपी भण्डारीले भने।
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...
२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...
२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...
२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
१२ असार, हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पुर्व पश्चिम...
१२ असार, हेटौंडा। हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...