२० भदौ, हेटौंडा । बिहीबारदेखि टिकटक पूर्ण रुपमा चलेको छ। सरकारले भदौ ६ गते टिकटक खोल्ने निर्णय गरेपनि सरकार र टिकटकबिच सहमति हुन नसक्दा टिकटक चल्न सकेको थिएन ।
टिकटकको सिंगापुरस्थित कार्यालयबाट आयुक्त अधिकारीसहित तीन जना प्रतिनिधि बुधबार नेपाल आएका थिए। उनीहरूले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेपछि सरकारले पूर्णरुपमा टिकटक खुलेको हो ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरका अनुसार टिकटकले सरकारले राखेका सर्त बाहेक अन्य विषयमा पनि सघाउने भएको छ । सरकारले टिकटकसँग नेपालमा सूचीकरण हुनुपर्ने, सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन पुर्याउन पर्ने, कन्टेन्ट फिल्टरिङमा नेपालीलाई राख्नपर्ने र डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा सहयोग गर्नुपर्ने सर्त राखेको थियो । यी सबै सर्त ती पदाधिकारीले स्वीकारेको ठाकुरले जनाए ।
टिकटकले सूचीकरणका लागि २ महिना मागेको छ ।
८ जेठ, हेटौंडा। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका...
८ जेठ, हेटौंडा । थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको...
८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको...
८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर...
७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह...
७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम...
६ जेठ, हेटौंडा। नेपाल प्रहरीका ११ एसएसपी डिआइजी बढुवाको सिफारिस भएका छन्। गृह मन्त्रालयले मंगलबार ११ जना ...
६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...
६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
३१ बैशाख, हेटौंडा । सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा...
१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" ...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
३१ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–११ मा अरिंगालको आक्रमणबाट आठ जना घाइते भएका छन्। हेटौंडा ११ सहिद...