२२ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले फागुन १ गतेबाटफुटपाथ व्यवसायलाई बन्द गर्ने निर्णय गरेको छ । फुटपाथ व्यवसाय र होटल व्यवसायीको विषयमा सरोकारवाला निकायसँग सोमबार भएको छलफलमा यस्तो निर्णय गरिएको हो ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफलमा हेटौंडा बजार क्षेत्रलाई व्यवस्थित गर्न सडक पेटीमा भईरहेको अव्यवस्थित फुटपाथ व्यवसायलाई फागुन १ गतेबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो । पैदल यात्रुलाई समेत बाधा हुने गरी फुटपाथमा व्यापार भईरहेको भन्दै संघका अध्यक्ष कटुवालले यसलाई बन्द गर्ने जनाए । संघका अध्यक्ष कटुवालले अबको केही दिनमा नै नगर क्षेत्रमा गुड्ने ट्याम्पो, सुमो, मोटरसाइकलहरुका लागि उचित पार्किङस्थल समेत पहिचान गरिने बताए ।
छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख नविन अधिकारी, हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत ध्रुव भुजेल, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि, संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।
यस्तै, होटल लजहरुको रिसेप्सनमा सीसी टिभी क्यामेरा राखिने भएको छ । छलफलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले होटलहरुमा हुने अबाञ्छित कार्यहरु निरुत्साहित गर्नका लागि होटल व्यवसायीको समेत भूमिका रहने बताएका छन् । होटल एशोसियसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा खरेलले होटल व्यवसायले रोजगार, राजश्व, विदेशी मुद्रा आर्जन जस्ता क्षेत्रमा टेवा पुर्याए पनि जिल्लाका होटल व्यवसायीले प्रहरी प्रशासनबाट सहयोग नपाएको गुनासो गरेका छन् । बास बस्न आउने ग्राहकलाई परिचय पत्रको प्रतिलिपी लिएर मात्र बास बस्न अनुमति दिनुपर्ने भन्दै प्रहरी नायब उपरीक्षक झाले मर्यादित रुपमा व्यवसाय सञ्चालन गरेका होटलमा कुनै किसिमको दुःख नदिएको बताए ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
















-1786539267.jpg)
-1786686763.jpg)